स्वास्थ्यमा चार सहसचिवको इन्ट्री हुँदा दुई आउट

सरकारले एकै पटक ७२ जना सहसचिवको सरुवा गर्दा स्वास्थ्य सेवाका ४ कर्मचारी हेरफेर भएका छन् ।

बिज्ञापन

मन्त्रिपरिषदको साउन २६ गते बसेको बैठकले एकै पटक ७२ सहसचिवहरु चलाउँदा प्रशासन सेवाका ४७ ,इञ्जिनियरिङ सेवातर्फका १३,शिक्षा सेवा १,स्वास्थ्य सेवाका ४ र वन तथा कृषि सेवाका ७ कर्मचारीहरु सरुवा भएका हुन ।

बिज्ञापन

मन्त्रिपरिषद्को निर्णयअनुसार कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलियालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ल्याइएको छ र यस्तै निर्वाचन आयोगमा रहेकी सहसचिव निता पोखरेल अर्याललाई स्वास्थ्य मन्त्रालयमा भित्रिएकी छिन् । यता राष्ट्रिय योजना आयोगमा कार्यरत हेमराज सुवेदीलाई पनि स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । मधेस प्रदेश मुख्यमन्त्री कार्यालयमा रहेका सहसचिव डाक्टर श्रवणकुमार मिश्रलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ ।

यसरी स्वास्थ्यमा चार सहसचिवहरु भित्रदा सहसचिव ऋषिराज आचार्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र डाक्टर यदुचन्द्र घिमिरेलाई कोशी प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजमा खटाइएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

बिशेष