एकै पटक ७२ सहसचिवको सरुवा,अर्थमा तीन भित्रदा,गृहमा पाँचको इन्ट्री

सरकारले एकै पटक ७२ जना सहसचिवको सरुवा गरेको छ ।  मन्त्रिपरिषदको साउन २६ गते बसेको बैठकले एकै पटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको हो ।सरकारले एकै पटक ७२ जना सहसचिवहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार विभिन्न मन्त्रालय,आयोग,कार्यालय,प्रदेशमा कार्यरत रहेका सचिवहरुको जिम्मेवारी हेरफेर भएको हो ।
जसमा अवकाशको मुखमा पुगेका केही सहसचिवहरुको समेत सरुवा भएको छ भने विचौलिया र उपभोक्तामाराहरुविरुद्ध खरो उत्रिएका कुमार दाहाल सरुवामा परेका छन् । यस्तै सम्पत्ति शुद्धीकरणमा कार्यरत रहेका सुमन दाहाल अर्थ मन्त्रालयमा भित्रिएका छन् । दाहाल झैं अर्थमा भित्रिएका सहसचिवहरुमा टंक नाथ लम्साल,टंक प्रसाद पाण्डे,भरतमणि पाण्डे लगायत रहेका छन् । यस्तै अर्थ मातहत कार्यरत रहेका पार्वती शर्मा मध्यस्तरीय करदाता कार्यालयबाट प्रदेशतिर पुर्याइएको छ । यस्तै,लामो समयदेखि अर्थमा रहेका श्रीकृष्ण नेपाल सामान्य प्रशासनको अतिरिक्त समूहमा पुगेका छन् ।

बिज्ञापन

यता ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयबाट बाहिरिएका छन्। ललितपुरका सिडिओ रमेश ढकाल र भक्तपुरका सिडिओ भरतमणि पाण्डे एकसाथ गृहबाट बाहिरिएका हुन्। ललितपुरका सिडिओ ढकाल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सरुवा भएका छन्। भक्तपुरका सिडिओ भरतमणि पाण्डे अर्थ मन्त्रालय वा अन्तर्गत सरूवा भएका हुन्। ढकाल गत कार्तिकमा ललितपुरको सिडिओ भएर गएका थिए भने पाण्डे भक्तपुरको सिडिओ भएको डेढ महिना मात्र भएको छ। गृहको जगेडामा रहेका लालबाबु कवारी पनि गृहबाट बाहिरिएका छन्। कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई निर्वाचन आयोग पुगेका हुन्। बाबुराम गौतम, नमराज घिमिरे, बिनु बज्राचार्य कुँवर, शिवलाल तिवारी र सृजना थपलियाको गृह मन्त्रालयमा सरुवा भएको हो।

बिज्ञापन

सरुवाको सूची अनुसार,प्रशासन सेवाका ४७ ,इञ्जिनियरिङ सेवातर्फका १३,शिक्षा सेवा १,स्वास्थ्य सेवाका २ र वन तथा कृषि सेवाका कर्मचारीहरु रहेका छन् ।

Notices-20250813183538404

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष