सशस्त्रका दुई हाकिम सेकिए

सशस्त्र प्रहरी बलले आफ्ना दुईजना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई फरक–फरक कारणमा विभागीय कारबाही गरेको छ। कारबाहीमा परेकामध्ये एकजना हेडक्वार्टरको मानव स्रोत महाशाखामा कार्यरत प्रवीण कँडेल र अर्का सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रवीन्द्रराज कर्णजित हुन्।

बिज्ञापन

वरिष्ठ सम्मेलनमै नेतृत्वलाई चुनौती

असार ११ र १२ गते हल्चोकमा आयोजित वरिष्ठ अधिकृतहरूको सम्मेलनमा कँडेलले गृहमन्त्री रमेश लेखकको उपस्थितिमा संगठनभित्र बढुवा–सरुवामा चलखेल र भेदभाव भएको आरोप लगाएका थिए। उनले सबैभन्दा बढी ‘नेता भेट्न जाने’मा ठूला हाकिम नै रहेको र त्यसको अनुगमन कसैले नगरेको टिप्पणी गरेका थिए।
कार्यक्रम सामाजिक सञ्जालमा लाइभ भएको थियो। सो क्रममा कँडेलले तत्कालीन आइजिपी राजु अर्याललाई लक्ष्य गर्दै, “पैसा नखाने भनेका छन्, खाएकै छन्, किन यस्तो भयो ?” भनेर प्रश्न गरेका थिए।

बिज्ञापन

आइजिपी अर्यालले एक हप्तापछि भिडियो हेरेर तीन एआइजी — नारायण दत्त पौडेल, वंशी दाहाल र गणेश ठाडामगरसहित कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। पहिलो पटक २४ घण्टे स्पष्टिकरण मागिएकोमा सन्तोषजनक जवाफ नआएपछि १२ घण्टे स्पष्टिकरण सोधियो। त्यसपछिसमेत सन्तुष्टि नपुगेपछि सशस्त्र नियमावली २०७२ को दफा १०८ अनुसार कारबाही गरी ६ महिना देखि १ वर्षभित्र हुने बढुवामा कँडेललाई पछि पार्ने निर्णय भएको हो।

मिसनमा यौन हिंसाको आरोप

सुडानस्थित संयुक्त राष्ट्र संघको शान्ति मिसनमा कार्यरत रहँदा एसएसपी रवीन्द्रराज कर्णजितले एक नर्वेजियन महिला अफिसरको पुठ्ठामा हातले टोक्क लगाएर मोबाइल नम्बर साट्ने प्रयास गरेको आरोप लागेको हो।
संयुक्त राष्ट्र संघले कर्णजितमाथि विभागीय कारबाही नभए सशस्त्र प्रहरीको द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथीमा रोक लगाउने चेतावनी दिएको थियो। यसपछि उनलाई ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरिएको हो।

बिज्ञापन

कानुन महाशाखाले तयार पारेको कारबाही पत्रमा प्रशासन विभागका डिआइजी कुलबहादुर नेम्बाङको हस्ताक्षर छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च,प्रति मतदाता औसत २८४ रुपैंया

चैत्र १२ मा नवनिर्वाचित सांसदहरूको शपथ लिने,प्रधानमन्त्रीको शपथ भोलिपल्ट

मन्त्री खनालले आजदेखि मन्त्रिस्तरीय निर्णय नगर्ने : ६ महिनामा कहाँ थपियो,कता- कता काटियो दरबन्दी ?

रसुवा भन्सारमा बमको आतंक : दैनिक लाखौं असुली

यी हुन प्रशासन सेवा राजश्व समूहबाट शाखा अधिकृत बढुवाका सम्भाव्य ३२ उमेद्धार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

बिशेष