‘ब्रा’भित्र कण्डममा भरिएको कोकिन, ब्राजिलियन युवती पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रि वस्त्रमा कोकिन लुकाएर ल्याएकी एक विदेशी नागरिक पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो (Narcotics Control Bureau) को टोलीले ब्राजिलकी २१ वर्षीया एमिली मिकाएली सान्तोश फरेइरालाई पक्राउ गरेको हो।

बिज्ञापन

ब्युरोका अनुसार फरेइरा ब्राजिलबाट दोहा हुँदै काठमाडौँ आइपुगेकी थिइन्। काठमाडौँबाट भुटान जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानीका क्रममा शंका लागेर जाँच गर्दा लागुऔषध फेला परेको हो।

बिज्ञापन

प्रहरीका अनुसार उनले तरल अवस्थामा रहेको १ किलो ९५० ग्राम कोकिन कालो रङको ब्रा भित्र कण्डममा प्याक गरेर लुकाएकी थिइन्। उक्त कोकिन अत्यन्तै सघन सुरक्षाका बीच बरामद गरिएको ब्युरोले जनाएको छ।

फरेइराविरुद्ध लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी अन्तर्राष्ट्रिय लागुऔषध तस्करी गिरोहसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ।

ब्युरोले त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रयोग गरी तेस्रो मुलुकमा लागुऔषध ओसारपसार गर्ने क्रम बढ्न थालेपछि निगरानी कडा पारेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

बिशेष