संघीयताको बारेमा नीतिगत रुपमा गम्भिर हुनुपर्छ: मन्त्री न्यौपाने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयताको बारेमा नीतिगत रुपमा के समस्याहरु छन् भन्ने विषयमा गम्भिर हुनुपर्ने बताएकी छन् ।

बिज्ञापन

बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संघीयतालाई सुदृढ बनाउनको लागि तीन तहको बीचमा समन्वय हुनुपर्ने भन्दै यसमा नीतिगत रुपमा के समस्याहरु छन् त्यसमा गम्भिर हुनुपर्ने बताईन् ।

बिज्ञापन

उनले भनिन्, ‘प्रशासनिक संघीयतालाई सुदृढ बनाउनुपर्ने छ । हाम्रो संघीयतालाई सुदृढ बनाउनुपर्ने छ त्यसको लागि तीन तहको बीचमा समन्वय गर्नुपर्ने छ । कर्मचारी समायोजन, व्यवस्थापनका कुराहरु छन् । यी सबै पाटोलाई राम्रो गरि अध्यन गर्नुपर्छ भन्ने महशुस मैले गरे । संघीयताको बारेमा आज जस्तो खालको टिप्पणीहरु भई रहेको छ, जे प्रश्नहरु उठिरहेको छ । यो के कारणले उठि रहेको छ, हाम्रो नीतिगत रुपमा के समस्याहरु छन् भन्ने विषयमा अनुभूत लिनुपर्छ भन्ने लागेको छ ।’

यस्तै, उनले सुशासनको विषयमा उठिरहेका प्रश्नलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको भन्दै उक्त छलफलबाट एउटा संयन्त्र नै बनाएर अगाडि बढौं भन्ने निर्णय भएर निर्देशन पनि दिएको बताईन् ।

बिज्ञापन

उनले भनिन्, ‘कर्मचारीतन्त्रमा सुशासनको विषयमा उठेका प्रश्नहरु थिए । जनतालाई सेवा दिने कुरामा पारदर्शि भएको छैन् । भन्ने खालका प्रश्नहरु उठेका छन् । सानो कामको लागि पनि भनसुन गर्नुपर्छ भन्ने खालको मनोविज्ञान छ त्यसलाई कसरी अन्त्य गर्ने र सुशासनको विषयमा उठिरहेका प्रश्नलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल गरेका थियौं र त्यो एउटा संयन्त्र नै बनाएर अगाडि बढौं भनेर निर्णय निकालेर निर्देशन पनि दिएको छु ।’

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

बिशेष