ओरिएन्टेशन तालिम प्रदायक १८ संस्थालाई वैदेशिक रोजगार विभागको स्पष्टीकरण

वैदेशिक रोजगार विभागले पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदान गर्दै आएका १८ वटा संस्थालाई अनियमितता भेटिएपछि स्पष्टीकरण सोधेको छ।

बिज्ञापन

श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउनुअघि आवश्यक अभिमुखीकरण तालिम दिने अनुमति प्राप्त ती संस्थामध्ये केहीको भौतिक पूर्वाधार, जनशक्ति तथा लोकेसनमै समस्या देखिएपछि विभागले कारबाहीको प्रक्रिया अघि बढाएको हो।

बिज्ञापन

विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार ती संस्थालाई सात दिनको समय दिई स्पष्टिकरण सोधिएको छ। “स्पष्टीकरण आएपछि कार्यविधिअनुसार सचेत गराउने, जरिवाना गर्ने वा अनुमति खारेज गर्ने निर्णय हुन्छ,” ढकालले बताए।

हाल १४३ संस्थाले अभिमुखीकरण तालिमको अनुमति लिएका छन्, जसमध्ये १२५ संस्था मात्र सक्रिय छन्। बाँकी १८ संस्थाको अनलाइन प्रणाली (आईटी सिस्टम) विभागले बन्द गरिसकेको छ।

बिज्ञापन

विभागले हालसम्म काठमाडौँमा कार्यालयमै पुगेर र उपत्यका बाहिरका संस्थाको अनलाइनमार्फत गरी १०० संस्थाको अनुगमन गर्ने तयारी गरेको जनाएको छ।

विभागले सन् २०२३ देखि अभिमुखीकरण तालिम प्रदायक केन्द्रहरूमा ‘आईरिस प्रणाली’ जडान गरेको छ। जसले श्रमिकहरूको उपस्थिति र तालिम गतिविधिहरूलाई अनलाइनमै ट्र्याक गर्न सकिन्छ। अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले यो प्रणाली लागू गरिएको हो।

श्रमिकहरूको सुरक्षा र दक्षताको सुनिश्चितताका लागि अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउने विभागको प्रयासलाई यो अनुगमन र स्पष्टीकरण प्रक्रिया एउटा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

माथिल्लो कर्णालीबाट पाँच सहसचिव, सार्वजनिक प्रशासनमा बढ्दो उपस्थिति

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

बिशेष