ओरिएन्टेशन तालिम प्रदायक १८ संस्थालाई वैदेशिक रोजगार विभागको स्पष्टीकरण

वैदेशिक रोजगार विभागले पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदान गर्दै आएका १८ वटा संस्थालाई अनियमितता भेटिएपछि स्पष्टीकरण सोधेको छ।

बिज्ञापन

श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउनुअघि आवश्यक अभिमुखीकरण तालिम दिने अनुमति प्राप्त ती संस्थामध्ये केहीको भौतिक पूर्वाधार, जनशक्ति तथा लोकेसनमै समस्या देखिएपछि विभागले कारबाहीको प्रक्रिया अघि बढाएको हो।

बिज्ञापन

विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार ती संस्थालाई सात दिनको समय दिई स्पष्टिकरण सोधिएको छ। “स्पष्टीकरण आएपछि कार्यविधिअनुसार सचेत गराउने, जरिवाना गर्ने वा अनुमति खारेज गर्ने निर्णय हुन्छ,” ढकालले बताए।

हाल १४३ संस्थाले अभिमुखीकरण तालिमको अनुमति लिएका छन्, जसमध्ये १२५ संस्था मात्र सक्रिय छन्। बाँकी १८ संस्थाको अनलाइन प्रणाली (आईटी सिस्टम) विभागले बन्द गरिसकेको छ।

बिज्ञापन

विभागले हालसम्म काठमाडौँमा कार्यालयमै पुगेर र उपत्यका बाहिरका संस्थाको अनलाइनमार्फत गरी १०० संस्थाको अनुगमन गर्ने तयारी गरेको जनाएको छ।

विभागले सन् २०२३ देखि अभिमुखीकरण तालिम प्रदायक केन्द्रहरूमा ‘आईरिस प्रणाली’ जडान गरेको छ। जसले श्रमिकहरूको उपस्थिति र तालिम गतिविधिहरूलाई अनलाइनमै ट्र्याक गर्न सकिन्छ। अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले यो प्रणाली लागू गरिएको हो।

श्रमिकहरूको सुरक्षा र दक्षताको सुनिश्चितताका लागि अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउने विभागको प्रयासलाई यो अनुगमन र स्पष्टीकरण प्रक्रिया एउटा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहिद स्मृति दिवसमा विविध कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसमिति घोषणा र सम्मान वितरण

अनुमगन अधिकृतको खातामा १० लाख घुस,आइफोन उपहार

उपसचिव दुलाल सहसचिवमा बढुवा

पत्नीलाई हटाएर पितालाई अध्यक्ष

बिचौलियाले पैसा उठाउँछन्, मन्त्री सरुवा गर्छन्;- भूमिमन्त्रीको काला कर्तुत सार्वजनिक

अवकाश पाएको महिना दिन पछि नै पूर्व सहसचिवलाई कार्यदलको जिम्मेवारी

नियुक्ति,सरुवा,बढूवादेखि ऋृण स्वीकृतिसम्म : यस्ता छन् क्याविनेटका १८ निर्णय

अर्थका शाखा अधिकृतदेखि सहसचिवसम्म सरुवाको तयारी

बिशेष