नेपाल मणिपाल शिक्षण अस्पताल र सशस्त्र प्रहरी बल बीच स्वास्थ्य परीक्षण सुविधा सम्बन्धी सम्झौता

नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा र श्री सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की, पोखराबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत औपचारिक सहमति भएको छ।

बिज्ञापन

अस्पतालले ल्याएको ‘व्यवसायिक प्रतिष्ठान तथा संघ–संस्था स्वास्थ्य परीक्षण योजना’ अन्तर्गत उक्त सम्झौता भएको हो। सम्झौतामा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल अडुविल र सशस्त्र प्रहरी बलको तर्फबाट सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले हस्ताक्षर गर्नुभयो।

बिज्ञापन

यस सम्झौतासँगै सशस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनी मुख्यालय अन्तर्गत कार्यरत कर्मचारीहरूलाई नेपाल मणिपाल शिक्षण अस्पतालले विशेष स्वास्थ्य परीक्षण प्याकेजहरू उपलब्ध गराउनेछ।

अस्पतालले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न वर्गका लागि लक्षित स्वास्थ्य परीक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यो सहकार्यले सुरक्षाकर्मीहरूको नियमित स्वास्थ्य परीक्षणलाई सहज, प्रभावकारी र गुणस्तरीय बनाउने विश्वास व्यक्त गरिएको छ।

बिज्ञापन

नेपाल मणिपाल शिक्षण अस्पतालले यसअघि पनि विभिन्न संघसंस्थासँग यस्ता सहकार्य गर्दै आएको छ भने, आगामी दिनमा पनि संस्थागत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

बिशेष