चार सहसचिवको सरुवा,राजश्वको क्याडरलाई महानिर्देशक बनाउने तयारी

सरकारले चार जना सहसचिवको सरुवा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवहरुको सरुवा गरेको हो । जस अनुसार आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । मकवानपुरको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका चिलुवाल अर्थ मन्त्रालय भित्रिएर आन्तरिक राजश्व विभागमा पुगेका थिए । उनलाई अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा ल्याइएको हो ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागको रिक्त महानिर्देशकको कुर्सी महिना दिनदेखि रिक्त छ । त्यहाँ जानका लागि नुवाकोटे उदय रानादेखि कोषहरि निरौलासम्मलाई मुख्य प्रत्यासी मानिएको थियो तर राजश्व क्याडरको रुपमा आन्तरिक राजश्व विभागका उपमहानिर्देशक तीर्थ चिलवाललाई बलियो उमेद्धार मानिएको छ ।चिलुवालले यसअघि अख्तियारको इटहरी प्रमुख,वाणिज्य विभाग चलाइसके्को अनुभव छ । अर्थ मन्त्रालयको राजस्व समूहका अधिकृत चिलुवालसँग राजस्व अनुसन्धान विभाग, अर्थ मन्त्रालय लगायतमा काम गरिसकेका अनुभवी प्रशासक हुन ।

बिज्ञापन

राजश्व अनुसन्धान विभागको महानिर्देशकमा प्रशासन समूहका क्याडरलाई नलैजाने सहमति अनुसार तीर्थलाई राजश्वमा लैजाने योजना अनुसार प्रधानमन्त्री कार्यालयमा भित्र्याइएको भनिदैंछ । यस अघि प्रशासनका सहसचिवलाई लैजादा काम विग्रिएको भन्दै त्यहाँ राजश्वकै क्याडरलाई पठाउने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

उता जापानबाट पिचएडी सकाएर स्वदेश फर्किएका शेष नारायण पौडेललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकमा पठाइएको छ । यस्तै बुद्धबहादुर गुरुङलाई आदिवासी जनजाति आयोगको सचिव र कोशी प्रदेश योजना आयोगका प्रदेश सचिव मिमांश अधिकारीलाई वन तथा वातावरण मन्त्रालयमा आइपुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च,प्रति मतदाता औसत २८४ रुपैंया

चैत्र १२ मा नवनिर्वाचित सांसदहरूको शपथ लिने,प्रधानमन्त्रीको शपथ भोलिपल्ट

मन्त्री खनालले आजदेखि मन्त्रिस्तरीय निर्णय नगर्ने : ६ महिनामा कहाँ थपियो,कता- कता काटियो दरबन्दी ?

रसुवा भन्सारमा बमको आतंक : दैनिक लाखौं असुली

यी हुन प्रशासन सेवा राजश्व समूहबाट शाखा अधिकृत बढुवाका सम्भाव्य ३२ उमेद्धार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

बिशेष