तालिमको रफ्तार वृद्दि गर्दै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले पछिल्लो एक बर्षमा २१८३ कर्मचाीलाई तालिम दिएको छ । प्राधिकरणको तालिम व्यवस्थापन विभागले गत आर्थिक वर्षमा विभिन्न प्रकारका ७४ वटा तालिम सन्चालन गर्दै कुल २१८३ जना कर्मचारीहरुलाई विभिन्न छोटो तथा लामो अवधिका तालिम सन्चालन गरेको हो ।

बिज्ञापन

प्राधिकरणका अनुसार कार्यरत कुल कर्मचारीहरुको करिव २५ प्रतिशत कर्मचारीहरु बर्ष दिनको अवधिमा लामो र छोटो अवधिको तालिमबाट लाभन्वित भएका हुन । गत आर्थिक वर्षमा हालसम्म सन्चालन हुन नसकेको कर्मचारीहरुको सेवाकालिन तालिम समेत तालिम व्यवस्थापन विभागले शुरुवात गरेको जनाइएको छ।

बिज्ञापन

तालिम व्यवस्थापन विभागले आर्थिक बर्ष २०८०/०८१ मा कुल ६१ वटा तालिम सन्चालन गरेकोमा गत आ व २०८१/०८२ मा कुल ७४ वटा तालिम सन्चालन गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको शुरुवातमै प्रशिक्षक प्रशिक्षण तालिम सन्चालन भएको छ भने २०८२ श्रावण १५ गतेदेखि ईन्डक्सन तालिम र २०८२ श्रावण १८ गतेदेखि ईलेक्ट्रिसियनहरुको लागि सेवाकालिन तालिम समेत सन्चालनको तयारी भईरहेको र विद्युत प्राधिकरणको तालिमलाई प्रभावकारी वनाउनका लागि तालिम व्यवस्थापन विभागले प्राथमिकताका साथमा कार्य गरिरहेको तालिम व्यवस्थापन विभागका प्रशासन प्रमुख भरत के सी ले जानकारी दिएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

ओरिएन्टेशन तालिम प्रदायक १८ संस्थालाई वैदेशिक रोजगार विभागको स्पष्टीकरण

अनसनमा बसेका मेयरसँग छलफल गर्न सहसचिव नेतृत्वको सरकारी टोली पुग्यो माइतीघर

बागमतीमा ३ मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

मनिराजले शहर छोडेको खबर अब म्युजिक भिडियोमा

बिशेष