सचिव पुष्करको चेतावनी : “बेरुजु हटाउने हो भने विकासको गति ठप्प हुन्छ”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करले बेरुजु (अपव्यय) फर्छ्यौटमा कठोरता अपनाउने हो भने विकासको गति नै ठप्प हुने चेतावनी दिएका छन्।

बिज्ञापन

आज सार्वजनिक लेखा समितिमा भएको छलफलमा सचिव पुष्करले विकास निर्माणका क्रममा आउने खर्चहरूलाई बेरुजुको चश्माले मात्रै हेर्दा वास्तविक प्रगति ओझेलमा पर्ने बताएका हुन्। उनले भने, “६० प्रतिशत काममा प्रक्रिया पूरा गर्ने हो भने नतिजा दिन सकिन्न। नतिजा दिने हो भने बेरुजु देखिन्छ।”

बिज्ञापन

उनका अनुसार हालको प्रक्रियाले वास्तविक काम गर्नेलाई निरुत्साहित गरिरहेको छ। “बेरुजुलाई सधैं भ्रष्टाचारकै रूपमा मात्र हेरिन्छ, तर कुन वर्षसम्मको खर्चलाई बेरुजु मान्ने भन्ने विषयमा समेत स्पष्टता आउन आवश्यक छ,” उनले थपे।

सचिव पुष्करले बेरुजु फर्छ्यौटमा महालेखा परीक्षकको कार्यालयले थप प्राविधिक सहयोग पुर्‍याउनुपर्ने सुझाव दिए। उनले लेखा अधिकृतहरूलाई नै विश्वास गरेर बेरुजु फर्छ्यौट गर्ने अवस्था रहेको बताउँदै यस प्रणालीमै गम्भीर पुनरावलोकन आवश्यक रहेको उल्लेख गरे।

बिज्ञापन

उनको भनाइमा बेरुजुको नाममा भएका कडाइहरूले विकासको परिणाममुखी कार्यसम्पादनमा नकारात्मक असर पारिरहेको छ। त्यसैले खर्च र परिणामबीच सन्तुलन कायम गर्दै बेरुजुको परिभाषा र प्रक्रिया पुनःनिर्धारण गर्नुपर्नेमा उनको जोड थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष