नक्कली लालपुर्जा जारी गरेको आरोपमा मालपोत अधिकृतसहित २ पक्राउ

 सरकारी छापको दुरुपयोग गर्दै नक्कली लालपुर्जा बनाइ वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जनालाई पक्राउ गरिएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो पक्राउ परेका मध्ये अर्का व्यक्ति कार्यालय सहयोगी सञ्जय कुमार केवट हुन्। उनीहरूलाई पुरानो कित्ता प्रकरणसँग जोडिएको जग्गा अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार प्रारम्भिक अनुसन्धानमा सरकारी छापको दुरुपयोग गरी सरकारी स्वामित्वको जग्गाको नक्कली लालपुर्जा तयार पारिएको पाइएको छ। उनले भने, “ठूलो रकम लिएर सरकारी जग्गाको नक्कली लालपुर्जा जारी गरिएको देखिएको छ। यस घटनामा संलग्न केही अन्य कर्मचारी अझै फरार छन्।”

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी तीव्र पारिएको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

बिज्ञापन

यस किसिमको गम्भीर अनियमितताले सरकारी दस्तावेजप्रति आमनागरिकको विश्वास घटाउने जोखिम रहँदै आएको भन्दै प्रहरी स्रोतले कारवाही प्रक्रिया कडाइका साथ अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष