डिभिजनको लापरवाहीले चटपटे टोलमा कालोपत्रे सडक चार दिनमै उक्कियो

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित बसाहाको चटपटे टोलमा हालै कालोपत्रे गरिएको सडक केही दिनमै उक्किन थालेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। संघीय सरकारको १ करोड रुपैयाँको बजेटबाट निर्माण भएको उक्त ४ सय ९० मिटर सडक ६८ लाख ६३ हजार रुपैयाँको लागतमा कालोपत्रे गरिए पनि काम सम्पन्न भएको चार दिनमै कालोपत्रे भत्किन थालेपछि “पक्कीको नाममा कच्ची” काम भएको भन्दै स्थानीयले विरोध जनाएका छन्।

बिज्ञापन

स्थानीयबासीहरूका अनुसार सीताराम कन्ट्रक्सन प्रालिले वैशाख १२ गते ठेक्का सम्झौता गरेर हतारमा काम थालेको थियो। काम सम्पन्न भएलगत्तै सडक कालोपत्रे सतह उक्किन थालेपछि उनीहरू अझै शंकामा परेका छन्। “रातारात जे भए पनि काम सक्ने मानसिकताले गर्दा सडक चिराचिरा पर्‍यो,” स्थानीय सम्बर मगरले भने, “भदौ–असोजमै काम थालिएको भए परिणाम अर्कै हुने थियो।”

बिज्ञापन

स्थानीयको आरोपअनुसार ढुङ्गा, गिट्टी, बालुवा, बिटुमिन लगायतका निर्माण सामग्रीको मिश्रण मापदण्डअनुसार नभएको र गुणस्तरहीन पदार्थ प्रयोग गरिएको छ। साथै, वर्षायामको अन्त्यतिर हतार–हतारमा गरिएको कामले परिणाममा गम्भीर असर पारेको उनीहरूको भनाइ छ।
सडक डिभिजन कार्यालय लहान, सिराहाको निगरानीमा सम्पन्न यस योजनाबारे प्रश्न उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गुहारिएको छ। स्थानीयले योजना सुरु हुनुअघि नै गुणस्तरमा प्रश्न उठाउँदै खबरदारी गरेका थिए तर सम्बन्धित निकाय र ठेकेदार कम्पनीले बेवास्ता गरेको उनीहरूको गुनासो छ।

वडाध्यक्ष लुङ्गराज राईका अनुसार कामको गुनास्वारूपबारे गुनासो आएपछि प्राविधिक टोली बोलाएर प्रारम्भिक अनुगमन गरिएको छ। “काम ढिलो सुरु भएपछि रातारात सकाउने मानसिकताले कमजोरी भएको देखिन्छ,” उनले भने, “अब म्याद थप गरेर भए पनि बिग्रिएको भाग मर्मत र पुनः कालोपत्रे गराउने प्रक्रिया अघि बढाइएको छ।”

बिज्ञापन

सडक डिभिजन कार्यालय लहानका प्रमुख इन्जिनियर आशुतोष कर्णले पनि प्रारम्भिक छानबिनका आधारमा काम गुणस्तरहीन देखिएको बताए। “गुणस्तरीय नहुँदासम्म जिम्मा लिने छैनौं,” उनले भने, “अब म्याद थप गरेर तरिकाले काम सुधार्ने प्रक्रिया अगाडि बढाएका छौं।”
सार्वजनिक संरचनाको निर्माण गुणस्तरमा होइन, बजेट सकाउने लहडमा केन्द्रित हुँदै गएको प्रतीत भएको भन्दै स्थानीयले प्रश्न उठाएका छन् — “के वर्षौं पर्खिएर बनेको सडक यस्तै हुने हो त?” उनीहरूको माग छ— दोषी ठेकेदारमाथि कारबाही होस्, अनुगमन संयन्त्र बलियो बनोस् र जनताको पैसाले गरिने विकासले स्थायित्व पाओस्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको स्थापना दिवसमा उत्कृष्ट कर्मचारी पुरस्कृत

प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,इन्जिनियरदेखि मेयरसहित १३ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

राष्ट्रिय सभामा जेनजी मन्त्रीको जवाफ ‘मलाई थाहा छैन,सहसचिवलाई सोधेर आउँछु’

माथिल्लो कर्णालीबाट पाँच सहसचिव, सार्वजनिक प्रशासनमा बढ्दो उपस्थिति

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

बिशेष