अब इन्धन भत्ता बन्द : सवारी सुविधा लिने कर्मचारीलाई झट्का

संघीय सरकार अन्तर्गत सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई दिइँदै आएको इन्धन वापतको नगद सुविधा अब खारेज गरिएको छ।

बिज्ञापन

संघीय संसद सचिवालयलाई पठाइएको पत्रमार्फत अर्थ मन्त्रालयले स्पष्ट पारेको छ कि मिति २०८१ साल पुस २४ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको अध्यक्षतामा बसेको निर्णयअनुसार “सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धन वापत नगद प्रदान गर्ने निर्देशिका, २०८०” पूर्णरूपमा खारेज गरिएको हो।

बिज्ञापन

निर्देशिका खारेजको निर्णय आर्थिक वर्ष २०८२/८३ देखि लागू हुनेछ।

यस निर्णयले अबदेखि सरकारी सवारी सुविधा प्रयोग गर्ने कर्मचारीहरुले इन्धन वापत नगद सुविधा प्राप्त गर्ने व्यवस्था समाप्त भएको छ। अर्थ मन्त्रालयले संघीय संसद सचिवालयलाई मिति २०८२ साउन ५ गते निर्णयको जानकारी दिँदै सम्बन्धित सबै निकायलाई कार्यान्वयनका लागि आग्रह गरेको हो।

बिज्ञापन

सरकारले सार्वजनिक खर्च कटौती, पारदर्शिता अभिवृद्धि र सवारी साधनको दुरुपयोग नियन्त्रण गर्न यो निर्णय गरेको बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

बिशेष