सांसद आचार्यको पहलमा केरुङ नाकामा अलपत्र परेका नेपालीको उद्धार

हालैको अविरल वर्षाका कारण रसुवा जिल्लाको उत्तरी सीमास्थित केरुङ नाका बन्द हुँदा दर्जनौं नेपाली नागरिकहरू लामो समयदेखि अलपत्र अवस्थामा थिए। चीनको केरुङ क्षेत्रसम्म पुगेका ती नेपालीहरू प्राकृतिक प्रकोपका कारण न त नेपाल फर्कन सक्ने अवस्थामा थिए, न त पर्याप्त राहत र सुविधा पाउने स्थितिमा।

बिज्ञापन

यस्ता गम्भीर र जटिल परिस्थितिमा रसुवाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा नेपाली कांग्रेसका नेता माननीय मोहन आचार्यले संकट समाधानको लागि देखाएको पहल अत्यन्तै सराहनीय छ। सांसद आचार्यले प्रारम्भिक अवस्था देखिनै स्थिति बुझेर चीनस्थित नेपाली दूतावास, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरे। उहाँले पटक–पटक नेपाल र चीन दुवै पक्षसँग संवाद गर्दै अलपत्र परेका नेपालीहरूको शीघ्र उद्धारको लागि दबाब दिँदै आउनुभएको थियो।

बिज्ञापन

सांसद आचार्यको यही दिर्घकालीन प्रयास र कूटनीतिक सक्रियताले अन्ततः सार्थकता पाएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार, ती नेपाली नागरिकहरू भोलि बिहान १० बजे (चीन समय अनुसार) केरुङबाट प्रस्थान गरी तातोपानी नाका हुँदै स्वदेश फर्किने तयारीमा छन्। यो समाचारले न केवल प्रभावित नेपालीहरूका परिवारजनलाई, तर सम्पूर्ण नेपाली जनसमुदायलाई ठूलो सान्त्वना र आश्वस्ति दिएको छ।

यस सफल उद्धार कार्यमा नेपाली दूतावास, सुरक्षा निकाय, अध्यागमन विभाग, स्थानीय प्रशासन तथा अन्य सम्बन्धित निकायहरूको सहकार्य पनि उल्लेखनीय रहेको छ। यस समन्वित प्रयासले मानवता र जिम्मेवारीबोधको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

बिज्ञापन

सांसद आचार्यको मानवकेन्द्रित सोच, निरन्तर प्रयास र प्रभावकारी समन्वयप्रति हार्दिक आभार व्यक्त गर्दै उद्धारमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न सम्पूर्ण निकायहरूलाई पनि नेपाली जनताको तर्फबाट विशेष धन्यवाद व्यक्त गरिन्छ।

स्वदेश फर्कन लाग्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित, सहज र शीघ्र यात्राको शुभकामना व्यक्त गरिएको छ।

यो घटनाले देखाएको छ— जब जनप्रतिनिधिहरू गम्भीरता, सक्रियता र जिम्मेवारीपूर्वक जनताको सेवामा लाग्छन्, तब समस्याको समाधान सम्भव हुन्छ। सांसद मोहन आचार्यले प्रस्तुत गर्नुभएको यो नमुना अन्य जनप्रतिनिधिहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष