‘कुलिङ पिरियड संशोधन फिर्ता नभए गठबन्धनमा दरार आउँछ’

नेपाली कांग्रेसका नेताहरुले कुलिङ अफ पिरियड जसरी पनि लागू हुने अभिव्यक्ति दिएका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेसले कम्परमाइज गर्न नसक्ने बताए ।

बिज्ञापन

बीपी स्मृति दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुलिङ पिरियडमा कांग्रेस अडिग रहेको बताए ।

बिज्ञापन

यता काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै हालेको संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अभिव्यक्ति दिएका छन् । राष्ट्रियसभामा विभिन्न १६ सांसदले ४३ वटा संशोधन प्रस्ताव हालेका छन् ।एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक गोपाल भट्टराईसहित सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला र सुमित्रा बिसीले संशोधन हालेका थिए ।

जसमध्ये एमालेका पाँच सांसदहरुले कुलिङ पिरियड नराख्ने गरी संशोधन प्रस्ताव हालेको बिषय उल्लेख गर्दै शर्माले नेकपा एमालेले राष्ट्रियसभामा राखेको ‘कुलिङ अफ पिरियड’माथिको संशोधन फिर्ता लिनुपर्ने बताए । संशोधन फिर्ता नलिए गठबन्धनमा समस्या आउने बताए ।

बिज्ञापन

उनले कुलिङ पिरियडसम्बन्धी विषयमा सभामुखमार्फत छानबिन समिति बनेको उल्लेख गर्दै जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ।

यस अघि एमाले सांसदले कुलिङ पिरियड नराख्न विधेयकमा संशोधन हालेकोमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले समेत विरोध जनाइसकेका छन् ।

नेपाली कांग्रेस नै एमालेको संशोधन विरुद्ध उभिएमा राष्ट्रिय सभाको अंकगणितमा संशोधन अस्वीकृत हुने लगभग निश्चित छ । राष्ट्रिय सभामा माओवादी १७, कांग्रेस १६, एकीकृत समाजवादी ८, जनता समाजवादी नेपाल ३, लोसपा १, जनमोर्चा १ र मनोनीत ३ सांसद छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मानवीय समवेदनाको अनुकरणीय उदाहरण : आचार्यको पहलमा केरुङ नाकामा अलपत्र परेका नेपालीको उद्धार

सांसद आचार्यको पहलमा केरुङ नाकामा अलपत्र परेका नेपालीको उद्धार

‘कुलिङ पिरियड संशोधन फिर्ता नभए गठबन्धनमा दरार आउँछ’

सरकारी जग्गा धितो राखेर इन्भेष्टमेन्ट बैंकले दियो सेटिङमा डेढ अर्ब ऋण : पाँच वर्षदेखि गुपचुप, किन हुँदैन छानबिन ?

जब दाजुभाईले एउटै केटी बिहे गरे, देखेर भयो दुनियाँ अचम्म

७ लाख ३१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ वरिष्ठ वन अधिकृत

निजामती सरुवा मापदण्ड परिमार्जन हुँदै, गुनासो सुनुवाइ संयन्त्र निर्माणको तयारी

सरकारी गाडी दुरुपयोगमा कडाइ: मापदण्ड विपरीत प्रयोग भए तत्काल फिर्ता गरिने

बिशेष