स्याफ्रुबेशीको क्लब डाँडामा पहिरो: पासाङ ल्हामु राजमार्ग अवरुद्ध

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेशी बजार नजिकै रहेको क्लब डाँडामा गएराति परेको अबिरल वर्षाका कारण ठूलो पहिरो गएको छ। पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेशी–धुन्चे सडक खण्ड अवरुद्ध भएको छ।

बिज्ञापन

पहिरोले साना र ठूला दुवै सवारीसाधनका लागि सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। स्याफ्रुबेशी हुँदै धुन्चे जाने र धुन्चेबाट स्याफ्रुबेशी आउने यात्रु तथा मालवाहक सवारीसाधनहरू गन्तव्यमा पुग्न नसक्ने स्थिति सिर्जना भएको छ। अत्यधिक वर्षाका कारण पहिरो अझै खस्न सक्ने जोखिम रहेकाले सवारी आवागमन पूर्णरूपमा रोकिएको प्रहरीको भनाइ छ।

बिज्ञापन

स्थानीय बासिन्दा र व्यवसायीहरू अत्यावश्यक सामग्री ढुवानी अवरुद्ध हुँदा समस्यामा परेका छन्। साथै पर्यटकीय नगरी स्याफ्रुबेशीबाट लाङटाङ क्षेत्रतर्फ गएका पर्यटकसमेत आवतजावतमा प्रभावित भएका छन्।

सडक अवरुद्ध भएपछि अहिले सडक डिभिजन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा पहिरो पन्छाउने र सडक पुनः सञ्चालन गर्ने प्रयास सुरु गरिएको छ। यद्यपि, वर्षा निरन्तर भइरहेकाले काममा कठिनाइ भइरहेको जनाइएको छ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय रसुवाले यात्रु तथा स्थानीयलाई पहिरो सम्भावित क्षेत्रबाट टाढा रहन र आवश्यक जानकारीका लागि स्थानीय प्रशासन वा नजिकको सुरक्षाकर्मी सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्बन्धित निकायले शीघ्र पहिरो रोकथाम तथा सडक मर्मतको कामलाई प्राथमिकता दिई मार्ग सुचारु गर्नु जरुरी देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

बिशेष