रसुवागढीको बाढी संकट :परराष्ट्रमन्त्री र सांसद आचार्यबीच सीमावर्ती संकटबारे गम्भीर छलफल

रसुवागढी बाढीले निम्त्याएको समस्याका विषयमा आज माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रसुवा जिल्लाका सांसद इन्जिनियर  मोहन आचार्यबीच भेटघाट तथा छलफल भएको छ। दुबै नेताहरू रसुवागढीस्थित बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि पुगेका थिए।

बिज्ञापन

छलफलमा केरुङमा अड्किएका नेपालीहरूलाई स्वदेश फर्काउने विषयमा भइरहेको ढिलाइ, अस्थायी रूपमा नदी पार गर्नका लागि तत्काल पुल निर्माणको आवश्यकता, मितेरी पुलको पुनःनिर्माण तथा मौसम पूर्वानुमानसम्बन्धी सूचनाको दुवै देशबीच आदानप्रदानका आवश्यकता लगायतका विषयमा गम्भीर छलफल भएको थियो।

बिज्ञापन

परराष्ट्रमन्त्री डा. देउवाले चिनियाँ पक्षसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै सबै समस्या समाधानका लागि नेपाल सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले बाढीले निम्त्याएका असरहरूको समाधानका लागि छिटोभन्दा छिटो आवश्यक कदम चालिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

सांसद मोहन आचार्यले सिमावर्ती क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै चीन सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, स्थानीय पूर्वाधारको पुनःनिर्माण र आपतकालीन सूचना प्रवाहलाई व्यवस्थित गर्न दीर्घकालीन उपाय आवश्यक रहेको धारणा राख्नुभयो।

बिज्ञापन

स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको छलफलमा रसुवागढी क्षेत्रको स्थायित्वका लागि सरकारका सबै निकायबीच समन्वयात्मक भूमिका अझ मजबुत बनाउनुपर्नेमा जोड दिइएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष