जागिर छाडेकी लेखापालकै हस्ताक्षरमा बैंकिङ कारोवार, अख्तियारमा उजुरी

जागिरबाट राजीनामा दिएर पाँच महिनाअघि विदेशिएकी लेखापालको नाममा अझै आर्थिक कारोबार भइरहेपछि सरोकारवालाले शंका उठाउँदै अख्तियारमा उजुरी दिएका छन्।

बिज्ञापन

तारकेश्वर गाउँपालिका–५ स्थित शंखादेवी माविकी लेखापाल अनिता तामाङले फागुन १ गते राजीनामा दिएकी थिइन्। उनी वैदेशिक रोजगारीका लागि देश बाहिर गइसकेकी छन्। तर विद्यालयको बैंक खाताबाट भुक्तानी जारी गर्न बनाइएका चेकमा अझै पनि तामाङको हस्ताक्षर देखिएको खुलासा भएको छ।

बिज्ञापन

विद्यालयको खाता हिमालयन बैंक गोर्स्याङ शाखामा सञ्चालित छ। चेकमा लेखापालसँगै हालका प्रधानाध्यापक राजाराम अधिकारीको पनि हस्ताक्षर रहने चलन छ। तर राजीनामा दिइसकेकी र नेपालमै नरहेकी तामाङको हस्ताक्षर चेकमा देखिनु आफैँमा शंकास्पद मानिएको छ।

विद्यालयका एक शिक्षकका अनुसार, अन्य योग्य र सिनियर शिक्षक हुँदाहुँदै प्रधानाध्यापकमा अधिकारीलाई नियुक्त गर्न गाउँपालिका अध्यक्ष शिव अधिकारीले दबाब दिएको दाबी छ। प्रधानाध्यापक अधिकारीमाथि बजेटको अपारदर्शी उपयोगसमेतको आरोप लाग्दै आएको छ।

बिज्ञापन

प्रदेश सरकारले ‘सिक्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत दिएको ५ लाख रुपैयाँ बजेटमध्ये १ लाख रुपैयाँ खर्च गरेर सानो टनेल बनाइएको देखिन्छ। बाँकी रकम कहाँ खर्च भयो भन्ने विषयमा विद्यालय सञ्चालक समितिलाई स्पष्ट विवरण प्रस्तुत गरिएको छैन।

त्यसैगरी अर्को स्रोतबाट विद्यालयको वाल लगाउन भनेर आएको ४ लाख ५० हजार रुपैयाँ बजेट पनि कहाँ, कसरी खर्च भयो भन्ने बारेमा अधिकारीले चित्त बुझ्दो हिसाब नगरेको भन्दै सरोकारवालाहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका हुन्।

शिक्षा क्षेत्रको पारदर्शिता र जवाफदेहिताको सवालमा आएको यस घटनाले शिक्षा संस्थाभित्रको आन्तरिक प्रशासनप्रति गम्भीर प्रश्न खडा गरेको छ। सम्बन्धित निकायबाट तत्काल छानबिन र आवश्यक कारबाही प्रक्रिया थालिनुपर्ने माग स्थानीयबासीको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष