रुपन्देहीमा सशस्त्र प्रहरीको दृढ उपस्थिति: सीमासुरक्षा, लागुऔषध नियन्त्रण र राजस्व सुरक्षा एकैसाथ

रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल, नम्बर २७ गण हे.क्वा. रुपन्देहीले आर्थिक वर्ष २०८१/८२ मा सीमा सुरक्षादेखि लागुऔषध नियन्त्रण र राजस्व छली रोकथामसम्मका विविध क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरेको छ।

बिज्ञापन

सशस्त्र प्रहरीले मिति २०८२ साल साउन १ गते मर्चवारी गाउँपालिका–७ मन्झरियामा सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापना गरेको छ। योसँगै रुपन्देही जिल्लामा प्रस्तावित १ वटा सीमा सुरक्षागुल्म र ६ वटा बीओपी गरी जम्मा ७ वटा सीमा सुरक्षासम्बन्धी युनिट सञ्चालनमा रहेका छन्।

बिज्ञापन

लागुऔषध तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रणका लागि मिति २०८१ असोज ११ गतेदेखि बेलहिया नाकामा ‘डग स्क्वाड’ सहित यात्रु तथा सामान जाँच सुरु गरिएको थियो। डग स्क्वाडको परिचालन प्रभावकारी देखिएको छ। सो अवधिमा खैरो हिरोइन, गाँजा, डाइजेपाम, ब्युप्रेनर्फिन, प्रोमेथाजिन जस्ता लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

साथै, लागुऔषधविरुद्ध जनचेतना फैलाउने उद्देश्यले २४ वटा सचेतनामूलक कक्षा र १ वटा सडक नाटक विभिन्न विद्यालय तथा समुदायमा सञ्चालन गरिएको छ। बिपद् व्यवस्थापनको क्षेत्रमा समेत सशस्त्र प्रहरी बलले सक्रियता देखाउँदै १२८ वटा सचेतनामूलक कार्यक्रम र ६ वटा सिमुलेशन अभ्यास आयोजना गरेको छ।

बिज्ञापन

राजस्व छली रोकथामका सन्दर्भमा सशस्त्र प्रहरीले ठूलो मात्रामा चोरी निकासी तथा पैठारी हुने प्रयासमा रहेका सामानहरू बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ। यस अवधिमा बरामद गरिएका प्रमुख सामानमा ब्रॉयलर कुखुरा/मासु/माछा, किराना सामान, रासायनिक विषादी, हरियो तरकारी, चिनी, खाद्यान्न, कस्मेटिक, मोबाइल फोन, लत्ताकपडा, मोटर तथा मोबाइल पार्ट्स, नगद रुपैयाँ, औषधि, मदिरा, पटका, पशु चौपाया, नदिजन्य सामग्री र विभिन्न प्रकारका सवारी साधनहरू रहेका छन्।

जफत गरिएका सामानहरूको अनुमानित कुल मूल्य १३ करोड १० लाख ३९ हजार ९८९ रुपैयाँ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै मूल्यका सामग्री लत्ताकपडा (२ करोड ७३ लाख ७७ हजार १७४), मोबाइल पार्ट्स र इलेक्ट्रोनिक्स (७५ लाख ७६ हजार ९८३), चिनी (९५ लाख ५२ हजार ८९) र अन्य सामान ढुवानीमा प्रयोग भएका सवारी साधनहरू (४ करोड २२ लाख २७ हजार ४०१) रहेका छन्।

सशस्त्र प्रहरी बलको यो सक्रियता सीमा सुरक्षामा मात्र होइन, समाजमा शान्ति, सुव्यवस्था र राजस्व सुरक्षामा समेत टेवा पुग्ने कार्यको उदाहरणका रूपमा देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अधिवक्ताहरुको तर्क : ‘कार्की सरकार असंवैधानिक,चुनावसमेत गर्न पाउँदैन’

संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलाश गठन, बहसकर्तालाई ५/ ५ मिनेट समय

प्रदेशबाट फिर्ता भएका,दरबन्दी फाजिलमा परेका र बरण्डामा रहेका अधिकृतहरुको सरुवा (सूचीसहित)

बरण्डामा रहेका ५ उपसचिव,८ अधिकृतको कामकाज सरुवा

कानुनका ज्ञाताले चलाएको मन्त्रालयमै कार्यविधिको धज्जी : दुई महिनामै सरुवा परे यी सहसचिव

रसुवामा बनिरहेका हाइड्रोहरू र केही जन सवाल

पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने

काम नगर्ने ठेकेदारमाथि सरकारको कडा कारबाही : देशभर १९७ रुग्ण ठेक्का एकैचोटि तोडियो

बिशेष