को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग २५ लाख र ५३ लाख रुपैयाँको घुस डिल भएको भनिएको अडिओ सार्वजनिक भएसँगै त्यसमा नाम जोडिएका दुई पात्र—सुजन लामा र खेम पुन—ले ती अडिओ आफूहरूका नभएको प्रष्ट पार्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

सार्वजनिक अडिओमा मन्त्री गुप्तालाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख घुस दिने प्रस्ताव राखिएको र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख दिने तयारी गरिएको सुनिन्छ। तर अडिओमा नाम उल्लेख भएका सुजन लामा र खेम पुन दुबैले यथार्थ विपरीत कथा प्रस्तुत गरिएको आरोप लगाएका छन्।

बिज्ञापन

आदिवासी जनजाति महासंघ गण्डकीका महासचिव रहेका सुजन लामाले अडिओ आफूले तयार नगरेको दाबी गर्दै भने, “म मन्त्रीसँग व्यक्तिगत रूपमा कहिल्यै भेटेको छैन, घुस त के प्रस्ताव गर्न पनि मेरो हैसियत पुग्दैन।” उनले अडिओ परीक्षणका लागि ल्याब परीक्षणको माग गर्दै सम्भावित प्रविधिमार्फत बनाइएको अडिओ भएको आशंका व्यक्त गरे।

बिज्ञापन

“मेरो आवाज होइन, मेरो शैली होइन, मेरो पहुँच पनि होइन,” लामाले  भने, “मन्त्री गुप्तासँग आदिवासी जनजाति प्रतिष्ठानको कार्यक्रममा सामूहिक रूपमा एक-दुईपटक भेट भएको हो, त्यो बाहेक कुनै नजिकको सम्बन्ध छैन।”

एमाले गण्डकी प्रदेश कमिटी सदस्य खेम पुन अडिओमा भूमि आयोग कास्कीको अध्यक्ष बन्न घुस प्रस्ताव गरेको पात्रका रूपमा उल्लेख छन्। तर पुनले पनि त्यस्तो कुनै व्यवहारमा आफू संलग्न नभएको स्पष्ट पारेका छन्।

बिज्ञापन

“मलाई पार्टीले सिफारिस त गर्‍यो, तर सरकारले नियुक्त गरेन,” उनले भने, “त्यसको रिस वा योजनाबद्ध रूपमा मलाई जोडेर बदनाम गरिएको हुन सक्छ।” आफूले मन्त्री गुप्तासँग अहिलेसम्म भेटघाटसमेत नगरेको उनले दाबी गरे।

सार्वजनिक छानबिनको माग

दुबै पात्रले सार्वजनिक भएको अडिओ गम्भीर प्रकृतिको भएको भन्दै निष्पक्ष र वैज्ञानिक ढंगले सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका छन्। मन्त्री गुप्ताविरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन सुरु भएको छ। तर नाम जोडिएका व्यक्तिहरू नै त्यसको खण्डनमा उत्रिएपछि प्रकरण थप पेचिलो बन्दै गएको छ।

अब अडिओ यथार्थ हो वा प्रविधियुक्त फर्जी उत्पादन—त्यो प्रमाणित गर्न अनुसन्धान निकायहरूको भूमिकाले नै निर्णायक मोड दिनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष