भक्तपुर मालपोतमा ‘डम्बर कार्की साम्राज्य’: डेढ करोडको डिलदेखि अधिकृत सरुवा धन्दा

भक्तपुर मालपोत कार्यालयमा एक जना कर्मचारीको मनपरी, शक्ति प्रदर्शन र भ्रष्ट आचरणका कारण सम्पूर्ण कार्यालय त्रस्त छ। ती हुन्—डम्बर कार्की। उनको सिण्डिकेट शैली, फाइल कारोबार र धम्कीकै भरमा राज्य संयन्त्रसमेत पन्छ्याउँदै सञ्चालनमा आएको देखिन्छ। पैसा आउने विवादास्पद फाइलहरूमा हस्तक्षेप गर्ने, साइन गर्न बाध्य पार्ने, नमान्ने अधिकृतहरूको राजधानीमा ‘सरुवा सौदाबाजी’ गराउने जस्ता काममा उनी यति लिप्त छन् कि अख्तियारजस्ता संवैधानिक निकाय पनि उनलाई रोक्न सकिरहेका छैनन्।

बिज्ञापन

सरुवा सौदाबाजी: मन्त्रीदेखि मन्त्रालयसम्मको सेटिङ

बिज्ञापन

डम्बर कार्कीले विवादित फाइलमा साइन नगर्ने अधिकृतहरूलाई हटाउन सामान्य प्रशासन मन्त्रालयसम्म सेटिङ मिलाएको प्रमाणसहित विवरण सार्वजनिक हुँदैछ।

 

बिज्ञापन

कार्कीको प्रभाव यत्तिमै सीमित छैन। फाइलमा साइन नगर्ने अधिकृतहरूको सरुवा गराउनेसम्मका कदम उनले चालेका छन्। रजिस्ट्रेसन ग शाखामा कार्यरत अधिकृत डिल्लीसिटौलाले विवादित फाइलमा साइन गर्न मानेनन्, त्यसपछि चैतमा उनको सरुवा गरिएको थियो। त्यसैगरी देवप्रसाद भट्टराईले पनि विवादित फाइलहरूमा साइन गर्न अस्वीकार गरेपछि उनलाई पनि फागुनमै सामान्य प्रशासन मन्त्रालयबाट अन्यत्र सरुवा गरियो।

तिनै स्थानमा कार्कीले आफू अनुकूलका कर्मचारीहरू ल्याएका छन्। उदाहरणका लागि, मिलन दाहाल र रामबहादुर कार्कीलाई ल्याइएको छ। विशेषगरी रामबहादुर कार्की डम्बरको पुराना सहकर्मी हुन् र दुवैजना विराटनगर मालपोत कार्यालयमा सँगै काम गरिसकेका छन्। अहिले यी दुई मिलेर छुट दर्ताका काममा व्यापक चलखेल गरिरहेको आरोप छ। अहिले भक्तपुर मालपोतमा यी दुईले छुट दर्ताका फाइलहरूमा व्यापक खेल गर्दै आएको स्रोत बताउँछ।

त्यही सेटिङलाई सहज बनाउन सिनियर अधिकृत अर्जुन खड्कालाई लखेटेर छुट दर्ता समितिमा रामबहादुरलाई ल्याइएको हो। अघिल्लो हप्तामात्रै बसेको छुट दर्ता समितिको निर्णय गोप्य छ। समिति बस्दासमेत सामान्य प्रक्रिया र पारदर्शिता कायम नभएको गुनासो आउन थालेको छ।

सरुवा मेरो खेलौना हो’: नियमविपरीत कार्यकक्षमै राजगज

२०८१ चैत १५ गते डम्बर कार्कीको सरुवा जिल्ला समन्वय समिति रामेछापमा भएको थियो। तर, उनले आफूलाई सरुवा नगरी अरूको सरुवा गराउँदै कार्यालयमै रजगज गर्दै बसिरहेका छन्।

हिजोमात्रै खरिदार हरि गौतमलाई सरुवा गराइएका छन्। तर, कार्की भने अझै मालपोत कार्यालयमै सबैभन्दा शक्तिशाली पात्र बनेर बसिरहेका छन्।

४० लाखको बार्गेनिङ र पीडित लुमा श्रेष्ठ

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत लुमा श्रेष्ठको आफन्त मालपोत कार्यालयको काममा पुगेका थिए। कार्कीले त्यही फाइलमा ४० लाख सोझै मागेको आरोप जिल्ला प्रशासनसम्म पुगेको छ।

जिल्ला प्रशासन प्रमुख भरतमणि पाण्डेले पनि यस विषयमा चासो देखाइसकेका छन्। कार्कीको शैली हो—फाइल झोलामा बोक्ने, सेवाग्राहीलाई धम्क्याउने, तामेली राख्ने भनेर पैसा असुल गर्ने।

डम्बर कार्कीको सञ्जाल, फाइल खेल, सरुवा धन्दा, अख्तियार छल्ने रणनीति, कर्मचारीको आतंक र राजनैतिक पहुँचले गर्दा मालपोत कार्यालय भक्तपुर केवल ‘फाइल माफिया अफिस’मा परिणत भएको देखिन्छ।

अब पनि नियन्त्रण नगरिए, राज्यका कार्यालयहरू यस्तै माफियाको गनगनमा चल्ने खतरा छ। अख्तियार, सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन र लोकसेवा आयोगले तत्काल संज्ञान नलिए, यस्ता कर्मचारीबाटै सम्पूर्ण निजामती सेवा नै पतनको दिशामा जानेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष