राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवसँग ६ करोड अवैध सम्पत्ति

 गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरामा कार्यरत लेखा अधिकृत (आठौं तह) झलक शर्मा पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

अख्तियारका अनुसार पौडेलले ०५४ साल माघ ८ गतेदेखि ०८० साल मङ्सिर १० गतेसम्म निजामती सेवामा कार्यरत रहँदा तलब, भत्ता, सापटी, कृषि आय, जग्गा बिक्रीजस्ता वैध स्रोतबाट जम्मा ३ करोड ३९ लाख रुपैयाँ आय गरेका थिए। तर, सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण तथा बैंक खाताहरूमा जम्मा रकमसहित ९ करोड ६६ लाख रुपैयाँ खर्च गरेको देखिएको छ।

बिज्ञापन

त्यसअनुसार झन्डै ६ करोड २६ लाख रुपैयाँ स्रोतविहीन सम्पत्तिको खुलासा भएको अख्तियारको दाबी छ। सार्वजनिक पदको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ अनुसार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

विशेष अदालतमा दायर अभियोगपत्रमा अख्तियारले पौडेललाई एक महिनादेखि तीन महिनासम्मको कैद, १० हजार रुपैयाँसम्म जरिवाना र सम्पत्ति जफतको माग गरेको छ।

बिज्ञापन

उक्त मुद्दामा पौडेलकी पत्नी हुमाकुमारी पौडेललाई समेत प्रतिवादी बनाइएको छ। अख्तियारका अनुसार शर्मा पौडेलले आर्जन गरेका अवैध सम्पत्तिहरू पत्नीको नाममा राखी सम्पत्ति विवरणमा उल्लेख नगरेको पाइएकाले पत्नीलाई समेत मुद्दामा संलग्न गरिएको हो।

शर्मा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका संगठन इन्चार्ज समेत हुन्। सार्वजनिक पदमा रहेर गैरकानुनी ढंगले सम्पत्ति आर्जन गर्ने कार्यले कर्मचारी आचरणको मर्यादा भंग भएको भन्दै अख्तियारले थप अनुसन्धान तथा कठोर कानुनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा अघि बढाएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष