राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवसँग ६ करोड अवैध सम्पत्ति

 गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरामा कार्यरत लेखा अधिकृत (आठौं तह) झलक शर्मा पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

अख्तियारका अनुसार पौडेलले ०५४ साल माघ ८ गतेदेखि ०८० साल मङ्सिर १० गतेसम्म निजामती सेवामा कार्यरत रहँदा तलब, भत्ता, सापटी, कृषि आय, जग्गा बिक्रीजस्ता वैध स्रोतबाट जम्मा ३ करोड ३९ लाख रुपैयाँ आय गरेका थिए। तर, सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण तथा बैंक खाताहरूमा जम्मा रकमसहित ९ करोड ६६ लाख रुपैयाँ खर्च गरेको देखिएको छ।

बिज्ञापन

त्यसअनुसार झन्डै ६ करोड २६ लाख रुपैयाँ स्रोतविहीन सम्पत्तिको खुलासा भएको अख्तियारको दाबी छ। सार्वजनिक पदको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ अनुसार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

विशेष अदालतमा दायर अभियोगपत्रमा अख्तियारले पौडेललाई एक महिनादेखि तीन महिनासम्मको कैद, १० हजार रुपैयाँसम्म जरिवाना र सम्पत्ति जफतको माग गरेको छ।

बिज्ञापन

उक्त मुद्दामा पौडेलकी पत्नी हुमाकुमारी पौडेललाई समेत प्रतिवादी बनाइएको छ। अख्तियारका अनुसार शर्मा पौडेलले आर्जन गरेका अवैध सम्पत्तिहरू पत्नीको नाममा राखी सम्पत्ति विवरणमा उल्लेख नगरेको पाइएकाले पत्नीलाई समेत मुद्दामा संलग्न गरिएको हो।

शर्मा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका संगठन इन्चार्ज समेत हुन्। सार्वजनिक पदमा रहेर गैरकानुनी ढंगले सम्पत्ति आर्जन गर्ने कार्यले कर्मचारी आचरणको मर्यादा भंग भएको भन्दै अख्तियारले थप अनुसन्धान तथा कठोर कानुनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा अघि बढाएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष