चार बर्ष महानिर्देशक चलाएपछि उपमहानिर्देशकमा बढुवा हुन अधिकारीको चलखेल

साढे तीन बर्ष अघि अर्थात ०७८ माघमा ऐन,कानुनलाई धज्जी लगाउँदै नागरिक प्राधिकरणको महानिर्देशकमा बनाइएको थियो प्रदीप अधिकारीलाई । तत्कालीन पर्यटन मन्त्री प्रेम आलेमार्फत चलखेल गरी अधिकारी महानिर्देशक बनाइएको थियो । बाह्रौं तहका प्रेमनाथ ठाकुर, भोलाप्रसाद गुरागाईँ र प्रतावबाबु तिवारीलाई हटाएर ११ औं तहका कर्मचारीलाई महानिर्देशक बनाइएको थियो । आगामी माघमा कार्यकाल सकिएर घर जानु अघि उनैलाई एक तह घटुवा गरेर उपमहानिर्देशक नखाइ भएको छैन । महानिर्देशकबाट एक तह झर्नका लागि सबै तारतम्य र शक्तिकेन्द्र मिलाइसकेका छन् ।

बिज्ञापन

०७८ माघमा महानिर्देशक नियुक्त भएका हुन अधिकारी । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको कार्याकाल चार बर्षको हुन्छ । उनी आगामी माघबाट महानिर्देशकको जिम्मेवारीबाट हट्दैछन् । त्यस अघि नै उनी एक तह झरेर उप महानिर्देशक बन्ने खेलोमेलोमा लागेका छन् । प्रदीपको यो गलत कदममा साथ दिइरहेका छन्,मन्त्रालयदेखि संवैद्यानिक निकाय लोकसेवा आयोगसम्मले ।

बिज्ञापन

उसो त उनी महानिर्देशक भएको बर्ष दिन पछाडि नै ०७९ चैत्रदेखि नै उपमहानिर्देशक बन्ने प्रयास गरेका हुन । उनै अधिकारीलाई फेरि बढुवा गर्ने सुरसार हुँदै छ । आगामी माघमा कार्यकाल सकिएर एघारौं तहमा झर्नु पर्ने अवस्था आउँदैछ । त्यही कारण प्रदिप बाह्रौं तहमा बढुवा हुन चलखेलमा लागेका छन् । तीन बर्ष अगाडि यो प्रयासमा असफल भएका उनी हालैमात्र एक उपमहानिर्देशक अवकाशमा गएसँगै फेरि चलखेलमा लागेका हुन । आफू उपमहानिर्देशक हुने गरी प्राधिकरणका ११ औं तहका कर्मचारीलाई सिफारिस समितिमा राखेर आफ्नो नाम सिफारिस गर्न लगाएको प्राधिकरण स्रोतले जनाएको छ ।

यो बीचमा ७९ चैत्रमा समेत उपमहानिर्देशकमा घटुवा हुने गरी सिफारिस समिति बनाइएको थियो । प्राधिकरणका कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली ०५६ को व्यवस्थाविपरीत पदपूर्ति समिति गठन गर्दै पुल दरबन्दीमा रहेका महानिर्देशक अधिकारीलाई उपमहानिर्देशकमा बढुवा गर्न सिफारिस समेत गरिएको थियो । नियमविपरीत गठन गरिएको पदपूर्ति समितिले अधिकारीसहित ११औं तहका ६ जनालाई जगन्नाथ निरौला, नविना कर्माचार्य, टेकनाथ सिटौला, बाबुराम पौडेल र विनोद न्यौपानेसहित अधिकारीको नाम सिफारिस भएको थियो,त्यो समयमा । सो समय ११औं तहमा कार्यरत निरौला र कर्माचार्यलाई १२ औं तहमा बढुवा भएका थिए । तिनैमध्येको एक उपमहानिर्देशक अवकाशमा गएसँगै फेरि प्रदीपले आफू बढूवा हुन बढुवा सिफारिस समिति,पर्यटन मन्त्रालय,लोकसेवा आयोगदेखि प्राधिकरणका कर्मचारीलाई समेत दवाव र प्रभावमा पारिरहेका छन् ।

बिज्ञापन

आगामी माघमा कार्यकाल सकिएर एघारौं तहमै फर्किनु पर्ने अवस्था आएपछि प्रदिप बाह्रौं तहमा बढुवा हुन चलखेलमा लागेका छन् । प्राधिकरणमा ११ औं तहलाई निर्देशक, १२ औं तहलाई उपमहानिर्देशक सम्बोधन गरिन्छ । पहिले नै १२ औं तहभन्दा माथिल्लो मानिने महानिर्देशक पद हत्याएका अधिकारी त्यहाँबाट अवकाशमा गएपछि एक तह मुनी झरेर उपमहानिर्देशक खाने गरी चाँजो पाँचो मिलाएका हुन । प्राधिकरणमा ठाकुरसहित हंशराज पाण्डे,जगन्नाथ निरौला उपमहानिर्देशकको जिम्मेवारीमा छन् । जसमध्ये हालैमात्र हंशराज पाण्डेलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी दिएर खटाइएको छ । १४ महिना अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरेका जगन्नाथ निरौलालाई पोखरा विमानस्थलको महाप्रबन्धक र पोखरा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्राधिकरण केन्द्रीय कार्यालयमा ल्याइएको छ । अधिकारी तिनै पात्र हुन,जो उपर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला र गैरकानुनी सम्पत्ति आर्जनमा अख्तियारको राडारमा छन् ।

उनै अधिकारीले प्राधिकरणका कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५६ को व्यवस्था विपरीत पदपूर्ति समिति गठन गर्दै महानिर्देशक अधिकारीलाई आन्तरिक बढुवामा सिफारिस गरिएको छ । लोक सेवा आयोगका एक सदस्यका अनुसार पुल दरबन्दीमा भएको कर्मचारी बढुवा प्रयोजनका लागि सिफारिस हुन पाउँदैन । तर लोकसेवा आयोगकै सदस्यलाई समेत प्रभावमा पारेर बढुवा गर्ने गरी नाम सिफारिस गरेको जनाइएको छ ।

यो बिषयमा  पर्यटन मन्त्रालयका उच्च अधिकारीसँग जिज्ञासा राख्दा प्रदीपको बढुवा प्रक्रिया अगाडि बढेको स्वीकारेको छ । तर यसमा पर्यटन मन्त्रालयको कुनै भूमिका नहुने ती अधिकारीको प्रतिक्रिया छ । क्यानको वोर्डको निर्णय नै सर्वसर्वा हुने भन्दै मन्त्रालयका अधिकारीहरु पन्छिए । क्यानको वोर्डमा पर्यटन मन्त्री अध्यक्ष र क्यानका महानिर्देशक सदस्य सचिव रहन्छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११४ शाखा अधिकृतको सरुवा : ४५ को गृहमा इन्ट्री, ६९ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

चार उपसचिवहरुको सरुवा

कान्छा सहसचिवलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

लेखा अधिकृतसँग ६ करोड अवैद्य सम्पत्ति,पत्नीलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर

निजामती विद्येयकमा छेडखानी : विशेष समितिको बैठक सिंहदरबारमा शुरु

मध्यरातीदेखि सूत्र, टीएसए र सिगास साता दिनको लागि बन्द, सरकारी खाता रोक्का

भैरव अर्यालका पुत्र त्रिविका उपकुलपतिमा नियुक्त

काँग्रेसको असहमतिपछि कार्यसूचीबाट हट्यो भूमिसम्बन्धी विद्येयक

बिशेष