संघीय निजामती बिधेयकमा हेरफेर `सुनियोजित अपराध`: नारायणकाजी

 पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय निजामती सेवा विधेयकको मूल संरचनामै हेरफेर गरेर प्रतिनिधिसभामा पेश गर्नु ‘सुनियोजित अपराध’ भएको बताएका छन्।

बिज्ञापन

श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा प्रतिवाद जनाउँदै लोकतन्त्र, सांसद र जनप्रतिनिधि संस्थाको योभन्दा ठूलो अपमान र अवमूल्यन अरू के हुन सक्छ भन्दै आक्रोश पोखेका छन्।

बिज्ञापन

 

“हद भयो। सिमा पार गर्यो । लोकतन्त्र र जनप्रतिनिधि संस्था सांसदको यो भन्दा अवमूल्यन, अपमान र उपहास अरु के हुन्छ?” श्रेष्ठले लेखेका छन्, “त्यसर्थ राज्यव्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकलाई प्रतिनिधिसभामा हेरफेर गरेर पेश गर्ने दुशकार्यको जिम्मेवार जो सुकै भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्छ।”

बिज्ञापन

 

विशेषगरी ‘कुलिङ पिरियड’ जस्तो गम्भीर र लामो समयदेखि बहस भएको प्रावधान हटाइएकोप्रति उनले गम्भीर आपत्ति जनाएका छन्। “यो कमजोरी होइन, सुनियोजित अपराध हो,” उनले स्पष्ट लेखेका छन्।

राज्यव्यवस्था तथा सुशासन समितिले विस्तृत छलफलपछि पारित गरेको विधेयकमा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई केही समयसम्म सरकारी सेवामा प्रवेश निषेध गर्ने (कुलिङ पिरियड) प्रावधान राखिएको थियो। तर प्रतिनिधिसभामा पेश गर्दा उक्त प्रावधान हटाइएको छ।

श्रेष्ठले यस्तो हेरफेर जनताप्रति धोका र लोकतान्त्रिक प्रक्रियामाथिको घात हो भनेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष