प्रभु शाहले संसदमा निजामती सेवा विधेयक च्यात्दै निस्किए

काठमाडौँ — संघीय निजामती सेवा विधेयकमाथि आइतबार प्रतिनिधिसभामा छलफल हुँदै गर्दा सांसद प्रभु शाहले तीव्र असहमति जनाएका छन्। विधेयकले गरिब र सीमान्तकृत समुदायको भविष्यमा प्रतिकूल असर पार्ने दाबी गर्दै सांसद शाहले रोष्ट्रममै उभिएर विधेयकको प्रति च्यातिदिए।

बिज्ञापन

 

बिज्ञापन

“यो विधेयक नेपाली जनतामाथि अत्याचार हो, यो देशमा गरिबलाई अझै पछाडि धकेल्ने षड्यन्त्र हो,” शाहको आक्रोश थियो। उनले यस्तो विधेयकलाई आफूले स्वीकार गर्न नसक्ने स्पष्ट गर्दै भने, “म यस्तो अपराधको साक्षी बन्न सक्दिन। यो विधेयक पास भए देशमा चर्को असन्तोष उत्पन्न हुनेछ।”

 

बिज्ञापन

शाहले सरकारी जागिर प्रणाली गरिबमाथि केन्द्रित हुनुपर्नेमा वर्तमान विधेयकले उनीहरूलाई झन् पछाडि पार्ने प्रयास गरिरहेको आरोप लगाए। “यो विधेयक लागू भयो भने गरिबका लागि कालो दिन सुरु हुनेछ,” उनले भने, “सरकारी सेवामा पहुँच राख्नेहरूलाई मात्र फाइदा पुग्ने गरी बनाइएको यो व्यवस्था कुनै हालतमा न्यायपूर्ण हुन सक्दैन।”

 

छलफलको क्रममा आक्रोशित देखिएका सांसद शाह अन्ततः विधेयकको कागजात च्यातेर संसद कक्षबाट बाहिरिएका थिए।

 

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संविधानको मर्मअनुसार विधेयक ल्याइएको दाबी गर्दै प्रतिनिधिसभामा यसमाथि छलफल अगाडि बढाउन प्रस्ताव प्रस्तुत गरेका थिए।

 

अब विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पारित भएपछि मात्र यो कानुनी रूप लिँदै कार्यान्वयनमा जानेछ। तर प्रतिनिधिसभामै देखिएको तीव्र विरोधले अबको बहसमा थप उथलपुथल ल्याउने संकेत मिलेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष