रसुवागढी नाका हुँदै हुम्लाका लागि सस्तो चामल ढुवानी सुरु

रसुवा, असार १५ – दुर्गम हिमाली जिल्ला हुम्लाका जनतालाई लक्षित गर्दै रसुवागढी नाका हुँदै खाद्यान्न ढुवानी सुरु गरिएको छ। नेपाल खाद्य संस्थानले सस्तो मूल्यमा चामल आपूर्ति गर्न चीनमार्ग प्रयोग गरेको हो।

बिज्ञापन

काठमाडौंबाट पठाइएको चामल हाल रसुवाको केरुङ नाका पुगेको छ। केरुङसम्म नेपाली कन्टेनर प्रयोग गरिएको छ भने त्यसपछि तिब्बती भू–भाग हुँदै हिल्सा नाकासम्म चिनियाँ गाडीमार्फत ढुवानी गरिने रसुवाका समाजसेवी सुरेश थोक्राले जानकारी दिनुभयो।

बिज्ञापन

छ दिनको यात्रा

काठमाडौंबाट केरुङ, तिब्बत हुँदै हिल्सासम्म खाद्यान्न पुर्‍याउन करिब ६ दिन लाग्ने अनुमान गरिएको छ। हिल्साबाट खाद्यान्न ट्र्याक्टर र खच्चरमार्फत नेपाल खाद्य संस्थानको गोदामसम्म पुर्‍याइनेछ।

त्यसपछि खाद्यान्न सिमकोट सदरमुकाम र नाम्खा गाउँपालिकाको यालबाङ वितरण केन्द्रमा पु¥याइनेछ। संस्थानले यो मार्गबाट चामल सस्तो पर्ने भएकाले ढुवानी यही बाटोबाट गरिरहेको हो।

बिज्ञापन

५,५०० क्विन्टल चामल भन्सार पास

रसुवा भन्सार कार्यालय, टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार हालसम्म ५,५०० क्विन्टल चामलको भन्सार प्रक्रिया सम्पन्न भइसकेको छ।

चिनियाँ सडक, नेपाली राहत

कर्णाली प्रदेशको हुम्ला, डोल्पा, मुगु लगायतका जिल्लामा माथिल्लो भेगसम्म सडक सञ्जाल नपुगेका कारण चीनतर्फको पूर्वाधार प्रयोग गरी लामो समयदेखि खाद्यान्न ढुवानी हुँदै आएको छ।

२०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भएपछि रसुवा–केरुङ नाका मुख्य वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ।

 

“हाम्रो भूमिमा राहत, चीनको बाटोमा भर”

रसुवाका युवा नेता एवं समाजसेवी सुरेश थोक्रा भन्छन्:

“हाम्रा कर्णालीवासी दाजुभाइदिदीबहिनीका लागि वर्षौंदेखि रसुवा नाका भएर खाद्यान्न ढुवानी हुँदै आएको छ। चिनियाँ सडक पूर्वाधारले राहत पुर्‍याउने काम गरिरहेको छ भने हामी रसुवावासीहरू समन्वय र सहयोगमा संलग्न भइरहेका छौँ।”

“केरुङ नाकामा रोकिएको नेपाली कन्टेनर – हुम्लाका लागि सस्तो चामल बोकेर तिब्बती भू–भाग हुँदै हिल्सा पुग्ने तयारीमा।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

बिशेष