वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वसचिव रामशरण पुडासैनी नियुक्त भएका छन् । पुडासैनी तिनै कर्मचारी हुन,जो वीमा प्राधिकरणको अध्यक्ष बन्न सकेका थिएनन् । उनलाई फालेर सरकारले त्यहाँ शरद ओझालाई नियुक्त गरेको थियो गत फागुन १२ मा । वीमा प्राधिकरणको अध्यक्षका लागि अध्यक्षका लागि गठित सिफारिस समितिले पत्रकार ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो । जसमा कन्फर्म भनिएका पुडासैनीलाई हेरेको हेर्यै पारेर शरद ओझाले नियुक्ति भेट्टाएका थिए ।

बिज्ञापन

तिनै पूर्व सचिवलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उसो त पुडासैनी वर्तमान प्रधानमन्त्री केपी ओलीको प्यारा कर्मचारीका रुपमा चिनिन्छन् । २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत थिए ।अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम समेत गरेको अनुभव छ ।

बिज्ञापन

यसअघि एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशकमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई हटाएर बाँकी ८ महिनाको लागि पुडासैनीलाई पठाउने निर्णय ओली सरकारकै पालामा भएको थियो । मासिक २० औं लाख तलव थाप्ने गरी उनलाई ओली सरकारले नै एशियाली विकास बैंकमा पठाएको थियो । त्यहाँबाट फर्केपछि पुडासैनी अर्थमन्त्रालयमा बजेट महाशाखा प्रमुख रुपमा कार्यरत थिए ।उनी ०७६ माघमा सचिवमा बढुवा भएर राजश्व सचिवको जिम्मेवारीमा थिए । २४ साउन ०७८ मा अनिवार्य अवकाशमा गएका थिए । त्यस अघि नै उनी राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिका अध्यक्षको भूमिकामा समेत थिए । सरकारले पछि ०७९ साल फागुनमा कृषि विकास बैंकको अध्यक्ष चयन गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

एसईईको नतिजा बेलुका सार्वजनिक गर्ने तयारी

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

बिशेष