वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वसचिव रामशरण पुडासैनी नियुक्त भएका छन् । पुडासैनी तिनै कर्मचारी हुन,जो वीमा प्राधिकरणको अध्यक्ष बन्न सकेका थिएनन् । उनलाई फालेर सरकारले त्यहाँ शरद ओझालाई नियुक्त गरेको थियो गत फागुन १२ मा । वीमा प्राधिकरणको अध्यक्षका लागि अध्यक्षका लागि गठित सिफारिस समितिले पत्रकार ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो । जसमा कन्फर्म भनिएका पुडासैनीलाई हेरेको हेर्यै पारेर शरद ओझाले नियुक्ति भेट्टाएका थिए ।

बिज्ञापन

तिनै पूर्व सचिवलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उसो त पुडासैनी वर्तमान प्रधानमन्त्री केपी ओलीको प्यारा कर्मचारीका रुपमा चिनिन्छन् । २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत थिए ।अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम समेत गरेको अनुभव छ ।

बिज्ञापन

यसअघि एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशकमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई हटाएर बाँकी ८ महिनाको लागि पुडासैनीलाई पठाउने निर्णय ओली सरकारकै पालामा भएको थियो । मासिक २० औं लाख तलव थाप्ने गरी उनलाई ओली सरकारले नै एशियाली विकास बैंकमा पठाएको थियो । त्यहाँबाट फर्केपछि पुडासैनी अर्थमन्त्रालयमा बजेट महाशाखा प्रमुख रुपमा कार्यरत थिए ।उनी ०७६ माघमा सचिवमा बढुवा भएर राजश्व सचिवको जिम्मेवारीमा थिए । २४ साउन ०७८ मा अनिवार्य अवकाशमा गएका थिए । त्यस अघि नै उनी राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिका अध्यक्षको भूमिकामा समेत थिए । सरकारले पछि ०७९ साल फागुनमा कृषि विकास बैंकको अध्यक्ष चयन गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष