बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

रसुवा, असार १२ —
गए रातिको अविरल वर्षाले पासाङल्हामु राजमार्ग अन्तर्गत उत्तरगया गाउँपालिका–५ को बनुवा घुम्ती क्षेत्रमा फेरि सडक अवरुद्ध भएको छ। माझ गाउँ र बनुवा घुम्तीको बीच भागमा निर्माणाधीन सडकमा नालीको पानी पसेपछि सडक प्रयोग नै असम्भव भएको हो।

बिज्ञापन

पहिरोको दृष्टिले अति संवेदनशील मानिने रसुवामा पछिल्लो केही वर्ष यस्ता घटनामा सामान्य कमी आए पनि बनुवा घुम्ती भने ‘दूधमा घोलेको विष’ झैँ सडक संकटको पर्याय बन्दै गएको छ। प्रकोपको नियन्त्रण प्रकृतिको हातमा भए पनि त्यसको व्यवस्थापन भने मानव प्रयासले निर्धारण गर्ने विषय हो। तर, बनुवा घुम्तीमा भइरहेको निर्माण कार्य, संरचना निर्माणको ढिलासुस्ती र गुणस्तरमा देखिएको कमजोरीले समस्या झनै बल्झिएको देखिन्छ।

बिज्ञापन

स्थानीयवासीले प्रश्न गर्न थालेका छन्— के निर्माणको नाममा राज्यको करोडौं बजेट खर्च गरेर पनि समाधान होइन, समस्या नै सिर्जना भइरहेको त होइन? जोखिम क्षेत्रमै ग्याबिन राखेर ‘काम भएको’ देखाउने तर असरकारी समाधान नखोज्ने नियतका पछाडि आर्थिक लाभको ‘धमिलो पानीमा माछा मार्ने’ चलन लुकेको त होइन?

सडक अवरुद्ध हुँदा पासाङल्हामु मार्ग भएर आउने–जाने सम्पूर्ण सवारी साधन ठप्प भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाले अत्यावश्यक सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न आग्रह गरेको छ। अहिले धारा पानी–बेत्रावती–मैलुङ–स्याफ्रुबेशी मार्ग प्रयोग गर्न सकिने प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन

यस्तो घटना यो क्षेत्रमा पहिलो होइन। तीन वर्षअघि पनि यहीं पहिरो खस्दा सडक लामो समय अबरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय नुवाकोटले त्यसपछि ग्याबिन जाली जडानलगायतका काम गर्दै आएको भए पनि स्थायी समाधान अझैपनि टाढाको कुरा जस्तै देखिएको छ।

अब प्रश्न उठ्छ — बनुवा घुम्तीको समस्या समाधान कहिले हुन्छ? प्राकृतिक विपत्तिलाई दोष दिएर पन्छिने कि दीर्घकालीन पूर्वाधार निर्माणमार्फत सुरक्षित यातायात सुनिश्चित गर्नेतर्फ ध्यान दिने? यो निर्णय अब सम्बन्धित निकायले लिनु बाँकी छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

विचौलिया भट्ट कालोसूचीमा

बिशेष