वैकल्पिकमा परेका उमेद्धारलाई स्थायी नियुक्तिका लागि सिफारिस

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले वैकल्पिक उम्मेदवारहरुलाई नियुक्ति पत्र बुझ्नका लागि तीस दिने सूचना जारी गरेको छ । प्रयोगशालाबाट प्रकाशित पदपूर्ति सम्बन्धी विज्ञापन अनुसार स्थायी पदमा नियुक्ति भई कार्यरत कर्मचारीहरुले परीक्षणकालको अवधिमानै राजिनामा दिई पद रिक्त भएसँगै वैकल्पिकमा परेका उमेद्धारहरुलाई नियुक्ति पत्र बुझ्न आउन सूचना जारी गरेको हो ।

बिज्ञापन

पदपूर्ति समितिको हिजो बसेको बैठकले प्रशासकीय सहायक पाँचौंतर्फ लिलाधर अवस्थी र लेखापाल,पाँचौतर्फ रमेश शर्मालाई स्थायी नियुक्तिको सिफारिस गरिएको जनाइएको छ ।

बिज्ञापन

अवस्थी र शर्मालाई सूचना प्रकाशन भएको मितिले तीस दिनभित्र नियुक्ति पत्र बुझिलिनको लागि  प्रयोगशालामा सम्पर्क गर्नुहुन सूचित गरेको हो ।  उक्त अवधि भित्र नियुक्ति पत्र बुझ्न नआएमा समितिको कर्मचारी सेवा, शर्त र सुविधा सम्वन्धी नियमावली, २०८१ को नियम ३३ को उपनियम ३ वमोजिम हुने सूचनामा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केपी ओलीको विश्वासपात्र वैदेशिक रोजगार विभागको महानिर्देशक बन्दै

सिराहा नगरपालिकाका ५० जना कर्मचारीको करार सम्झौता रद्द

सिटौलाको काँधमा निमित्त महाप्रवन्धकको जिम्मेवारी

विदेशीको गतिविधि अनलाइनबाटै निगरानी गर्दै अध्यागमन विभाग

चुनावका लागि निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ

जंगी अड्डा भन्छ : सेनासँग कुनै राजनीतिक एजेण्डा छैन

सर्वपक्षीय सरकार माग्दै मिराज ढुङ्गाना समूहको प्रदर्शन,पक्राउ परे आधा दर्जन जेनजी

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

बिशेष