असार मसान्तसम्म आवेदन दिनेले मात्र एसइडिपी तालिममा सहभागी हुन पाउने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सिनियर एक्जुकेटिभ डेभलोप्मेन्ट प्रोग्राम (एसइडिपी) तालिममा सहभागी हुन चाहने अधिकृतहरुलाई यही असार मसान्तभित्र निवेदन पेश भनेको छ ।

बिज्ञापन

साउन १३ गतेदेखि सञ्चालन हुने ५० औं एसइडिपी तालिममा भाग लिन राजपत्राकिंत प्रथम श्रेणी, सहसचिव वा सोसरहका अधिकृत कर्मचारीहरुबाट निवेदन माग गरिएको हो।

बिज्ञापन

सो कार्यक्रममा नेपाल सरकारका २५ जना अधिकृतहरुलाई बरिष्ठताका आधारमा मनोनयन गरिने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

निजामती सेवा ऐन अनुसार सचिव हुनका लागि एसइडिपी (सिनियर एक्जुकेटिभ डेभलप प्रोग्राम) तालिममा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था छ ।

बिज्ञापन

यही तालिम समसममा नलिँदा लक्ष्मीकुमारी बस्नेत, कृष्णबहादुर राउत, राधिका अर्याल निकै ढिलो गरी सचिवमा बढुवा भएका थिए । कतिपय उच्च प्रशासकहरु पनि पेन्सनको लोभमा समेत सो तालिम नलिएर जागिर लम्बाउने गरेको पाइन्छ । दीपेन्द्र विक्रम थापा र युवकध्वज जिसी पेन्सनको लालचा गरेर सहसचिवमै लामो समय कुरिरहेनन् । खुला प्रतिश्पर्धाबाट सहसचिवमा नाम निकालेका थापा पाँच वर्ष सचिवका रुपमा रहे । कृषि सचिवको कार्यकाल बाँकी रहँदै राजीनामा दिएर विदेशमा जागिर खान गएका जिसी अर्का उदाहरण हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष