सशस्त्रका एसएसपीमाथि यौन दुर्व्यवहारको आरोप

सशस्त्र प्रहरी बलका एक जना प्रहरी उपरीक्षक (एसएसपी)माथि यौन दुव्र्यहारको आरोप लागेको छ ।संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ दक्षिण सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू)मा कमान्डरका रूपमा खटिएका सशस्त्र प्रहरी बलका एसएसपी रवीन्द्रराज कर्णजितमाथि नर्वेजियन महिलालाई संवेदनशील अंगमा स्पर्श गरेको आरोप लागेको हो।

बिज्ञापन

यो विषष्यमा राष्ट्र संघले सशस्त्र प्रहरीलाई पत्रचार समेत गरेको छ। राष्ट्र संघको पत्र आएपछि सशस्त्र प्रहरीले शान्ति मिसनबाट फर्केर आएका १५ जनाभन्दा बढीसँग सोधपुछ गरेको छ।११ औँ डफ्फाको टोलीको नेतृत्व गरेर एक वर्षअघि सुडान पुगेका कर्णजीतमाथि स्वदेश फर्किनुभन्दा केही दिनअघि नै राष्ट्रसंघमा कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकाले राष्ट्र संघले सशस्त्र मुख्यालयलाई पत्रचार गरेको थियो ।

बिज्ञापन

सशस्त्र प्रहरीका प्रवक्ता कालीदास धौबजीले एसएसपी कर्णजितलाई यौन दुर्व्यवहारको आरोप लागेको र यो विषयमा सशस्त्र प्रहरीको कानुन शाखाले अनुसन्धान गरिएको बताए ।नर्वेजियन महिलाले राष्ट्रसंघको मुख्यालयमा उजुरी दिएपछि मात्रै घटना बाहिर आएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षा अधिकृतको ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिका झुण्डिइन्,पक्राउ परे रावल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

किन बढ्दैछ प्रहरीमा राजीनामा दिने ट्रेन्ड ? थपिए एसएसपी रानाभाट

एसएसपी प्रकाश रानाभाटले किन दिए राजीनामा ?

सिंहदरबारमा क्याविनेट बैठक जारी,केही सचिवहरुको सरुवा हुन सक्ने

सरकार गठन र संसद विघटन दुवै असंवैधानिक : यस्तो छ बरिष्ठ अधिवक्ताहरुको तर्क

संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलाश गठन, बहसकर्तालाई ५/ ५ मिनेट समय

प्रदेशबाट फिर्ता भएका,दरबन्दी फाजिलमा परेका र बरण्डामा रहेका अधिकृतहरुको सरुवा (सूचीसहित)

बिशेष