विशेषको फैसला ९ बर्षपछि सर्वाेच्चबाट उल्टियो: सम्पत्ति शुद्धीकरणको मुद्धामा गणेश लामालाई सफाइ

सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ । सर्वाेच्चका न्यायधीशद्धय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले दाबी नपुग्ने भन्दै लामालाई सफाइ दिएको हो ।

बिज्ञापन

विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले लामालाई कैद र रु एक करोड ४० लाख ५० हजार सम्पति बराबरको बिगो जफत् गर्ने फैसला सुनाएको थियो । सम्पत्ति शुद्धीकरण विभागले लामाले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै विशेषमा मुद्दा दायर गरेको थियो।

बिज्ञापन

सो मुद्धामा विशेषका न्यायधीशहरुले एक बर्ष कैद र सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो ।  विशेष अदालतले २०७५ साउन २४ गते दोषी ठहर गर्दै १ वर्ष कैद, बिगो बमोजिम जरिवाना र सोही बराबर सम्पत्ति जफतको फैसला गरेको थियो । सो फैसलाविरुद्ध सोही वर्ष पुस ९ गते लामा विशेषको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए । लामा सर्वोच्च पुगेपछि सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो । विशेष अदालतले कम सजाय गरेको भन्दै सरकार पनि सर्वोच्च गएको थियो। सरकारको पुनरावेदनमा सर्वोच्चले जिकिर नपुग्ने ठहर गरेको छ।

सर्वाेच्च अदालतले विशेषको फैसला उल्टाउँदै लामासँग भएको सम्पत्तिलाई वैध ठहराइदिएको छ। लामा अहिले नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्यको भूमिकामा छन्।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

बिशेष