शक्तिकेन्द्र मिलाएर उत्तरी छिमेकी नाकातिर पुग्ने र भ्रष्टाचारदेखि यौनकाण्डको आरोप लागेर काठमाडौं तानिने सिलसिलाले निरन्तरता पाइरहेको छ ।
बिज्ञापन
चीनसँग सीमानामा जोडिएको रसुवा जिल्ला,हाइड्रो हवको रुपमा समेत परिचित छ । जसरी एक जना अधिकृत तहको कर्मचारी एक पटक त्रिवि अध्यागमनमा पुग्दा एक करोडमाथि आर्जन गर्दछन्,उसैगरी रसुवा पुगेका कर्मचारीहरुले सोही हाराहारी आर्जन गर्ने हुँदा रसुवा जिल्ला कर्मचारीको रोजाईमा पर्न थालेको बताइन्छ । तर,शक्तिकेन्द्रसम्मै पहुँच मिलाएर त्यहाँ पुगेका उपसचिव,शाखा अधिकृतदेखि तल्ला तहका कर्मचारीहरु भ्रष्टाचारदेखि यौन दुव्यर्वहारको मुद्धा खेप्दैछन् ।
बिज्ञापन
हालैमात्र रसुवा जिल्ला अदालतका न्यायधीश र सरकारी वकिलले मुद्दा खेपिरहेकी एक महिलालाई रात बिताउन प्रस्ताव गरेको उजुरी पछि काठमाडौं तानिएका छन् । जिल्ला न्यायधीश भुवनसिंह थापा न्याय परिषद्मा तानिएर अनुसन्धान भइरहेको छ भने सरकारी वकिल अर्थात रसुवाका जिल्ला न्यायाधिवक्ता विमल थापालाई पनि महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ । उनीहरुले बहुविवाहको कसुरमा मुद्दा खेपिरहेकी एक महिला,जस्को श्रीमान कारागारमा छन् । सरकारी वकिलले सो महिलासँग ती महिलासँग रात बिताउन प्रस्ताव गरेको म्यासेज पठाएको उजुरी न्याय परिषद्मा परे पनि उनीहरु काठमाडौं तानिएका हुन् ।
उसो त केही महिना अगाडि एमाले निकटका कर्मचारीले समेत सेवाग्राहीसँग ९५ हजार घुस लिएको प्रकरणमा काठमाडौं तानिएका थिए तर न्यायलयदेखि निकायमक निकायलाई प्रभावमा पार्ने सक्ने खुवी भएका उनी अहिले अर्थमन्त्रीको भ्यानलबाट राष्ट्रपति चुरे कार्यालयमा पुगेका छन् । ती उपसचिव हुन, अणनाथ वराल । उनी यस अघि लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्ज हुँदा भ्रष्टाचार मुद्धा,चितवन राष्ट्रिय निकुञ्जमा हुँदा खाग तस्करीको घटनामा र कोशी टप्पु बन्यजन्तु आरक्षमा कार्यरत रहँदा स्थानीयबाट लखेटिएका कर्मचारीका रुपमा चिन्छन्,वनका कर्मचारीहरु । लारानी क्षेत्रभित्रै पर्ने त्रिशुली थ्री बी जलविद्युत परियोजनासँग कानुन अनुसार जरिवाना र विगो गरी ४७ लाख विगो उठाउनुपर्नेमा जम्मा २० लाखमात्र लिएर उन्मुक्ति दिएको बिषयमा समेत अनुसन्धान गर्ने निकायहरुमा उजुरी पुगेको छ । गैडाको खाग तस्करीमा जोडिएर कारवाही खेपेको,ग्रेड रोक्कादेखि निलम्बनमा समेत परेका बरालको हकमा तीन दिनमै सर्वोच्च अदालतले क्लिन चिट दिएको समेत भेटिन्छ ।
बिज्ञापन
उसो त यस अघि रसुवामै पुगेका केही प्रमुख भन्सार अधिकृतहरु भ्रष्टाचारको आरोपमा काठमाडौं तानिए । जस्तो दीर्घराज मैनालीका खास मानिन्छन्,रामप्रसाद रेग्मी जो जागिरे जीवनमा अधिकांश समयमा मालदार मानिएका कार्यलय कार्यरत छन् । यस अघि रसुवामा हुँदा एउटा सामान ल्याए पनि ब्यापारीसँग सेटिङ गरी अर्कै सामान ल्याएको घोषणा गरेका ट्रक राजस्वले बरामद गरेको प्रकरणमा अर्थमा तानिए,उनी अहिले भन्सारमै घुमिरहेका छन् । उनी पछि रसुवा पुगेका (राप्रपा) रामप्रसाद पाठक पनि उस्तै लफडामा मुछिएर तानिएका हुन । पाठक अहिले वीरगञ्ज भन्सारमा प्रमुख भन्सार अधिकृत र रेग्मी रसुवा,मेचीनगर हुँदै अहिले भैरहवा भन्सारको प्रमुख छन् । यस्तै रसुवाको प्रहरी प्रमुख रहँदा जुवाडेहरुसँग मिलेमतो गरेको आरोपमा तानिएका डिएसपी केशव भट्टराईलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा प्रमुखको रुपमा काजमा तानिएका छन् ।