सहरीमा बेमौसमी सरुवा

काठमाडौं — आर्थिक वर्षको समापनतिर आइपुग्दा सहरी विकास मन्त्रालयले सहसचिव तहका केही कर्मचारीहरूको जिम्मेवारी फेरबदल गरेको छ। मन्त्रालयले आन्तरिक व्यवस्थापनका साथै कार्यक्षमता अभिवृद्धिका लागि सरुवा तथा पदस्थापनलाई अघि बढाएको हो।

बिज्ञापन

 

बिज्ञापन

नयाँ निर्णयअनुसार, प्रकाश अर्याललाई केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट बागमती सभ्यताको एकीकृत विकास समितिमा सरुवा गरिएको छ। बागमती सभ्यताका तत्कालीन प्रमुख नारायण भण्डारी हाल निलम्बनमा भएको कारण त्यहाँ खाली रहेको थियो।

त्यस्तै, रबिन्द्र बोहोरा पूर्वाधार महाशाखाबाट भवन अनुसन्धान तथा प्रविधि तालिम केन्द्रमा पठाइएको छ।

बिज्ञापन

प्रकृण तुलाधारलाई भवन महाशाखाबाट पूर्वाधार महाशाखामा खटाइएको छ।

नवराज प्याकुरेल भने भवन अनुसन्धान तथा प्रविधि तालिम केन्द्रबाट सरुवा भई सहरी विकास मन्त्रालयमै आएका छन्।

यसैगरी, रोशन श्रेष्ठलाई पुनर्निर्माण तथा पुनःस्थापना महाशाखाबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा स्थानान्तरण गरिएको छ।

अर्का एक सहसचिव सुरेश ठाकुर, जो यसअघि विशेष भवनको जिम्मेवारीमा थिए, अब विशेष भवन र भवन महाशाखा दुवैको जिम्मेवारी सम्हाल्नेछन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

बिशेष