इजरायलस्थित नेपालीहरूको सुरक्षामा सहयोग गर्ने इजरायली प्रतिबद्धता : वैदेशिक रोजगार विभाग र इजरायली राजदूतबीच वार्ता

काठमाण्डौ, २०८२ असार ६

बिज्ञापन

वैदेशिक रोजगार विभागका महानिर्देशक श्री कमल प्रसाद भट्टराई र नेपालका लागि इजरायलका महामहिम राजदूत श्री शमुलिक एरी बास (Shmulik Arie Bass) बीच आज सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भएको छ। विभागमा सम्पन्न उक्त वार्तामा दुवै पक्षबीच हाल इजरायलमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा र आवश्यक परेमा उद्धारको विषयमा महत्वपूर्ण छलफल भएको छ।

बिज्ञापन

वार्तामा नेपाली पक्षले हाल इजरायलमा देखिएको सुरक्षाजन्य संवेदनशीलतालाई दृष्टिगत गर्दै त्यहाँ कार्यरत नेपाली कामदारहरूको सुरक्षा सुनिश्चत गर्न इजरायली सरकारबाट सक्रिय सहयोगको अपेक्षा गरेको थियो। नेपाली कामदारको हितमा दुवै मुलुकबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने कुरामा सहमति व्यक्त भएको जनाइएको छ।

साथै, परिस्थिति सहज भएपछि यसअघि छनोट भई इजरायल प्रस्थानको पर्खाइमा रहेका केयर गिभरहरूको सुरक्षित प्रस्थान सुनिश्चित गर्ने, उनीहरूको भिसा प्रक्रिया सहज बनाउने र आवश्यक स्वास्थ्य परीक्षणमा सहजीकरण गर्ने विषयमा समेत छलफल भएको छ।

बिज्ञापन

भेटमा विशेष गरी भिसा म्याद सकिएका नेपाली श्रमिकहरूको म्याद थप गर्ने प्रक्रिया सरल बनाउन इजरायली पक्ष सकारात्मक देखिएको विभागले जनाएको छ। साथै, इजरायलमा रहेका नेपालीहरू Grocery Store, पार्क, विद्यालय, राजमार्ग तथा कृषि फार्महरूमा कार्यरत हुँदा उनीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिने प्रतिबद्धता पनि व्यक्त भएको छ।

उक्त छलफल कार्यक्रममा विभागका उप–महानिर्देशक चन्द्र बहादुर शिवाकोटी र निर्देशक गिरीराज ज्ञवालीको पनि सहभागिता रहेको थियो।यो संवादले दुवै देशबीच आपसी समझदारी र सहयोगलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

इजरायलस्थित नेपालीहरूको सुरक्षामा सहयोग गर्ने इजरायली प्रतिबद्धता : वैदेशिक रोजगार विभाग र इजरायली राजदूतबीच वार्ता

उपसचिव र नासु अख्तियारको नियन्त्रणमा

सेवा निबृत्त कर्मचारीको माग पुरा गर्न पेशागत महासंघको आग्रह

गृहमा तीन सहसचिव,२२ उपसचिव बरण्डामा

यी हुन् भन्सारका डन कर्मचारी

अघिल्लो दिन कर्मचारी आन्दोलित,भोलिपल्टै थरै बिगारेर सीडियोको सरुवा

भक्तपुर, अर्घाखाँचीसहित तीन सहसचिवको सरुवा

सांसदले नै च्याते बजेट पुस्तिका

बिशेष