अघिल्लो दिन कर्मचारी आन्दोलित,भोलिपल्टै थरै बिगारेर सीडियोको सरुवा

गृह प्रशासनले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित तीन सहसचिवको सरुवा गरेको छ । गृहले भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीसहित तीन सहसचिवको सरुवा गरेको छ । भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई अर्घाखाँची सरुवा गरिएको छ भने भक्तपुरमा गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेलाई खटाइएको छ । पाण्डे हालैमात्र गृह मन्त्रालयमा तानिएका थिए । यस्तै दुई महिना अगाडिबाट अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पुगेका वेदप्रसाद खरेललाई गृहमा तानिएको छ ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको ५२ औं सिडियोका रुपमा दुई महिना अगाडिमात्र गृह मन्त्रालयले खरेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर अर्घाखाँची पठाइएको थियो । यस अघिका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल सात महिनामा त्यहाँबाट सरुवा भएर हिडेसँगै गत वैशाख ३ गतेदेखि प्रमुख जिल्ला अधिकारीका रुपमा अर्घाखाँची पुगेका थिए,खरेल । गत चैत्र २२ को गृहमन्त्रालयको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँचीमा हाजिर हुन पुगेका थिए खरेल । तर पछिल्ला दुई महिनामा आफूमातहतका कर्मचारीलाई अपशव्द बोल्ने,फाँटमा नबस्ने,कर्मचारीहरुलाई रेस्पोन्स समेत नगर्ने,सेवाग्राहीसँग झर्को फर्को गर्ने लगायतका उनका व्यवहारका कारण जिल्ला प्रशासनका कर्मचारीहरु हैरान र आजित थिए ।

बिज्ञापन

खरेलले कर्मचारीलाई थर्काउने, अशोभनीय शब्दहरू प्रयोग गरेर होच्याउने लगायतका गतिविधि गरेपछि उनीविरुद्ध उजुरी गृहमन्त्री समक्ष पुगेको थियो । यसरी प्रमुख जिल्ला अधिकारीको कार्यशैलीबाट आजित भएका जिल्ला प्रशासन कार्यालयका २५ भन्दा बढी कर्मचारीहरुले उनी विरुद्ध आन्दोलनमै उत्रने र प्रारम्भमा पेन डाउन गर्ने निर्णयमा पुगेका थिए,कर्मचारीहरु । प्रशासनका कर्मचारीहरुका अनुसार सिडियोको कार्यशैलीविरुद्ध आजदेखि जिल्ला प्रशासनका दुई दर्जन कर्मचारीहरु आन्दोलनमा उत्रने र प्रारम्भमा पेन डाउन गर्ने तयारीमा उत्रिएका थिए । यसरी सेवाग्राही र कर्मचारीसँग असहयोगी व्यवहार गरेको गुनासोपछि मन्त्रालयले अर्याललाई तत्काल मन्त्रालय फिर्ता बोलाएर त्यहाँ गोपाल अर्याललाई खटाइएको छ ।
बुधबार भएको घटनाको विषयमा खरेलले आन्तरिक कर्मचारी बैठकमा कुरा मिलाए पनि गृहले बिहीबार उनलाई सेवाग्राही र कर्मचारीसँग असहयोगी व्यवहार गरेको गुनासोपछि फिर्ता बोलाइएको गृह प्रशासन स्रोतले जनाएको छ । उनको थर खरेल भए पनि गृहको सरुवा सूचीमा अर्याल लेखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष