सुवेदीको हकमा उदार हुँदा डण्डुको सचिव बढुवा दुई महिना पछाडि धकेलियो

मन्त्रिपरिषद्को बैठकले सहसचिव डा खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । दुई महिना पछाडि अनिवार्य अवकाशमा जान लागेका सुवेदीको हकमा सरकार उदार बनेर सचिवमा बढुवा गरेको हो ।

बिज्ञापन

महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि रिक्त स्थानमा सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस भएको थियो । सचिव बढुवाका लागि डण्डुराज घिमिरे,खगेन्द्र सुवेदी र कृष्णप्रसाद काप्रीको नाम सिफारिस भएको थियो । क्याविनेटले दोस्रो नम्बरका सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।

बिज्ञापन

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको बढुवा समितिको बैठक सचिवमा बढुवाका लागि सिफारिस गरेकामध्ये १ नम्बरमा सिफारिस भएका सहसचिव डण्डुराज घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्। लोकसेवा आयोग कै सहसचिव खगेन्द्रप्रसाद सुवेदी २ नम्बरमा सिफारिस भएका छन्। सचिवमा बढुवा लागि ३ नम्बरमा सिफारिस भएका सहसचिव कृष्णप्रसाद काप्री शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक हुन्।
घिमिरे र सुवेदीको नाम यस अघि पनि बढुवाका लागि सिफारिस भएको थियो तर सो समयमा भुपाल बराल सचिवमा बढुवा गरिएको थियो । यस पटक पहिलो नम्बरका सहसचिवलाई छोडेर दोश्रो नम्बरमा रहेका सहसचिव सुवेदीलाई बढुवा गर्नुको कारण उनी आगामी भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। घिमिरेलाई उछिनेर सुवेदी सचिव बनेसँगै डण्डुलाई सचिव बन्न अब भदौं १८ सम्म कुर्नुपर्दछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष