प्रतिनिधि सभामा आज पेश होला त संघीय निजामती सेवा विद्येयक ?

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

बिज्ञापन

यस्र्त बुहप्रतिक्षित संघीय निजामती सेवा विद्येयक समेत पेश गर्ने कार्यसूची रहेको छ । यस अघि गत २ जेठमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको विद्येयक १३ जेठमै प्रतिनिधि सभामा दर्ता गर्ने तयारी थियो तर त्यस यता निरन्तर संसद अवरुद्ध हुँदै आएका कारण सो विद्येयक पेश हुन सकेको छैन । माओवादी र एकीकृत समाजवादीहरु गृहमन्त्री रमेश लेखकको राजीनामा प्रकरणबाट यूर्टन भए पनि रास्वापाले भने गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै आएको छ ।

बिज्ञापन

आजको कार्यसूचीमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
यस्का अलवा मा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु हुनेछ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२/ ०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्न प्रस्ताव गर्नेछन् ।

आर्थिक वर्ष २०८२/०८३को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

बिशेष