एक सातामै तीन सहसचिवविरुद्ध भ्रष्टाचार मुद्धा

फेरि अर्काे सहसचिव पनि भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका छन् । हाल सूचना विभागका महानिर्देशक रहेका प्रदिप परियारविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएसँगै उनी स्वत निलम्बनमा परेका हुन ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध आज विशेषमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । अख्तियारले परियारसहित सात जनालाई प्रतिवादी बनाएर मुद्धा विशेषमा लगेको छ ।

बिज्ञापन

सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारले परियारसहित बोलपत्र मूल्यांकन समितिका सदस्यहरू — रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालविरुद्ध मुद्दा दर्ता गरेको हो। अनुसन्धानका क्रममा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसाको दरले ठेक्का कबोल गरेको पाइएको छ। तर, सो भन्दा महँगो प्रस्ताव गर्ने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसामा कबोल गर्दा समेत त्यही कम्पनीलाई ठेक्का दिइएको भन्दै उजुरी परेको थियो।

अख्तियारका अनुसार कम कबोल गर्ने कम्पनीलाई छाडेर महँगो कबोल गर्ने कम्पनीलाई ठेक्का दिँदा ४ करोड ३१ लाख ७२ हजार २३७ रुपैयाँ ३२ पैसाको राज्यलाई नोक्सानी पुगेको देखिएको छ। यही आधारमा बुधबार अख्तियारले परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बिज्ञापन

अख्तियारले पछिल्लो एक सातामा मात्र तीन जना सहसचिवविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अख्तियाले सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन कार्यालय प्रमुखहरू अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्लेलगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दा सहसचिव नारायणप्रसाद भण्डारीलाई समेत मुद्धा दायर गरेको थियो । मुद्धा दायर भएसँगै सहसचिव भण्डारी स्वत निलम्बनमा परेका छन् । भण्डारी ९ महिना अगाडि एकीकृत बागमती सभ्यताको प्रमुखको जिम्मेवारीमा थिए । अख्तियारले मुद्धा चलाएसँगै उनको पद तत्कालको लागि गएको छ । भण्डारी सचिव बन्ने लाइनमा रहेका सिनियर सहसचिव हुन ।

यस्का  पतञ्जली जग्गा घोटाला प्रकरणमा एकै पटक ९३ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएसँगै कलानिधि पौडेल निलम्बनमा परे । उनी सहसचिवको जिम्मेवारीमा छन्,जल तथा उर्जा आयोगमा । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा दायर गर्दा सहसचिव पौडेल  प्रतिवादी बनाइएका हुन्। काभ्रेमा रहेको जग्गा पतञ्जली आर्युवेदलाई दिने २०६६ पुस २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयमा अनुसन्धान गरी अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित तत्कालीन मन्त्री,मुख्य सचिव,सचिव,सहसचिव,उपसचिवदेखि नासु,खरिदार तहका कर्मचारीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएको हो । कलानिधि  सिनियर सहसचिव हुन ।

अख्तियारले पछिल्लो एक सातामा तीन जना सहसचिवविरुद्ध भ्रष्टाचार मुद्धा चलाएसँगै उनीहरु स्वत निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष