शिशिर बुढाथोकीको पाँच मुक्तक

मुक्तक १
सुख दुःख जिन्दगी हो रमाउनुपर्छ
केही पाउनलाई केही गुमाउनुपर्छ
भाग्यमा छ भन्दैमा खुसी आफै बर्सिदैन
खुसी हुनलाई पनि त पीडा लुकाउनुपर्छ।

बिज्ञापन

मुक्तक २
म हिँड्ने बाटोमा, बरु काँडा रोपी जाऊ
छिया छिया यो मुटुमा सियो खोपी जाऊ
जहाँ जानु छ जाउ,तिमी जान सक्छयौ
बिन्ती तिम्रै यादमा ढलेको यो लास छोपी जाऊ।

बिज्ञापन

मुक्तक ३
जनताको रगत चुसेर भुडी भर्दैछौ
मिलिजुली देश लुट्न सहर झर्दैछौं
अरे लाज नभ’का नकाचरो पापीहरू
आफ्नै आमालाई बलात्कार गर्दैछौ

मुक्तक ४
हत्केलाले घामलाई छेक्न सकिन्न
भाग्यको लेखा जो मेट्न सकिन्न
यहाँ जस्ले जति नै, मै हुँ भनेपनि
आखिर नमरी स्वर्ग, देख्न सकिन्न

बिज्ञापन

मुक्तक ५
थोरै हँसाए जस्तो गर्दै रुवाएर जान्छ
नयन भित्र पानी,लुकाएर जान्छ
यो कस्तो याद ,छोडेर गयो आमा
पलपल मन मुटु दुखाएर जान्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष