भिजिट भिसा प्रकरणमा गृह सचिव दुवाडी छानबिनको घेरामा

भिजिट भिसा प्रकरण जटिल बन्दै जाँदा अब गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसमेत छानबिनको दायरामा तानिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन विभागमा दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको विषयमा स्पष्टीकरण मागेपछि दुवाडीमाथि पनि छानबिन थालिएको हो।

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई पत्र लेख्दै दरबन्दीभन्दा बढी कर्मचारी किन खटाइयो भन्ने कारणसहित सात दिनभित्र विस्तृत विवरण माग गरेका छन्। उक्त विवरणमा ती कर्मचारी कार्यरत कार्यालयको नाम, पद, दरबन्दीको अवस्था र कर्मचारीहरूको नामावली माग गरिएको छ।

बिज्ञापन

छानबिनको पृष्ठभूमिमा सहसचिव तीर्थ भट्टराई रहेका छन्, जो गृह सचिव दुवाडीका विश्वासपात्र मानिन्छन्। उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएपछि अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको प्रमाण खुलेको हो।

बिज्ञापन

यसै सिलसिलामा गृह मन्त्रालयले एकै दिन दुईवटा निर्णयमार्फत ९ जना नायब सुब्बा र ५ जना कम्प्युटर अपरेटरको सरुवा गरेको पाइन्छ। अख्तियारले जेठ १३ गते नै प्रधानमन्त्री कार्यालयमार्फत छानबिन गर्न र दोषी भेटिए कारबाही अघि बढाउन निर्देशन दिएको थियो।

तर यतिबेला गृह सचिव दुवाडी विदेश यात्रामा छन्। उनी विदेशमै रहँदा उक्त प्रकरणले झनै चासो र प्रश्न उठाएको छ—के यो कर्मचारी सरुवा सामान्य प्रशासनिक प्रक्रिया थियो, वा नियोजित रूपमा भएको शक्ति दुरुपयोग?

बिज्ञापन

अब गृह सचिवले सात दिनभित्र मागिएको विवरण उपलब्ध गराउने कि त्यसले थप जटिलता निम्त्याउने भन्ने प्रश्न उठ्न थालेको छ। यस घटनाले अध्यागमन कार्यालयभित्रको शक्ति सन्तुलन, कर्मचारी खटावट र भिसा कारोबारमा देखिएको अनियमितता उजागर गर्दै गएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

बिशेष