सचिवको दौडधुप : सुवेदी अगाडि बढ्ने रणनीतिमा

काठमाडौं – महालेखा नियन्त्रक रघुराम विष्ट अनिवार्य अवकाशमा जाँदै गर्दा प्रशासन सेवा भित्र सचिव पदका लागि प्रतिस्पर्धा चर्किएको छ। विष्टको स्थानमा सचिव सिफारिस गर्नुपर्ने भएपछि हाल वरिष्ठ सहसचिवहरू दौडधुपमा लागेका छन्।

बिज्ञापन

सचिव पदको आकांक्षामा रहेका तीनजना सहसचिवबीच अब तीव्र प्रतिस्पर्धा देखिएको छ। ती हुन् — श्रम मन्त्रालयका डण्डुराज घिमिरे, लोक सेवा आयोगका खगेन्द्रप्रसाद सुवेदी, र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्री।

बिज्ञापन

घिमिरे प्रशासन सेवाका अनुभवी सहसचिव हुन्, जसको नाम सचिव सिफारिसको पहिलो नम्बरमा पर्न सक्ने स्रोतले बताएको छ। उनी उमेरका हिसाबले पनि सचिवको रूपमा अझै दुई वर्ष सेवा गर्न सक्ने स्थितिमा छन्।
तर, प्रतिस्पर्धी खगेन्द्रप्रसाद सुवेदी भने आफ्नो सेवा अवधिको अन्तिम मौका उपयोग गर्न अहिले निकै सक्रिय छन्। भदौ १८ गते अनिवार्य अवकाशमा जान लागेका सुवेदी दोस्रो नम्बरबाटै सचिव बन्ने प्रयासमा छन्। स्रोतहरूका अनुसार, उनले यसअघि पनि सचिव बन्न लबिइङ गरेका थिए, र अहिले पुनः सक्रिय ‘क्याम्पेन’ सुरु गरेका छन्।

सुवेदी यदि यसपटक सचिव बन्न चुक्दा, मंसिरसम्म कुर्नुपर्ने हुन्छ। त्यसैले उनको ‘अब कि कहिल्यै होइन’ भन्ने शैलीमा दौडधुप रहेको छ। यता, तेस्रो नम्बरमा रहेका कृष्णप्रसाद काप्रीको सचिव बन्ने सम्भावना भने कमजोर देखिएको छ।

बिज्ञापन

यसरी सचिव सिफारिसको सूची तयार हुँदै गर्दा योग्यता र अनुभवसँगै आन्तरिक राजनीति र सञ्जालको प्रभाव निर्णायक बन्ने देखिएको छ। सचिव बन्ने दौड प्रशासन सेवाभित्र मात्र होइन, शिक्षा प्रशासन र संघीय कर्मचारी संरचनामा समेत चासोको विषय बनेको छ।

अब मन्त्रिपरिषद्बाट हुने निर्णयले सचिव पदको नयाँ नेतृत्व तय गर्नेछ, तर यो पटक सचिव पद सामान्य प्रशासनिक पदभन्दा बढी महत्वको राजनीतिक सन्देश बोकेको देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

बिशेष