कर्मचारीहरु कालोपट्टी बाँधेर काममा

निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन थालेका छन् ।गत २ जेठमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भए प्रतिनिधि सभामा पेश हुने कार्यसूचीमा चढ्दै आएको संघीय निजामती सेवा विद्येयकका कतिपय प्रावधानहरुले तल्ला तहका कर्मचारीको वृत्ति विकासको बाटो अवरुद्ध भएको ठहर सहित देशैभरका कर्मचारीहरु हातमा कालोपट्टी बाँधेर आजदेखि काममा खटिएका हुन ।

बिज्ञापन

संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले आजदेखि अनिश्चितकालीन आन्दोलन थालेका हुन् । यो समितिमा नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् ।

बिज्ञापन

ट्रेड युनियनहरूले राज्यका तीनै तहका सम्पूर्ण कार्यालयमा कालोपट्टी बाँधेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । उनीहरुले कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलन गर्दै आएको जनाएका छन् ।

बिज्ञापन

यो निर्देशक समितिको जेठ २० गतेको बैठकले संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलनका कार्यक्रम तय गरेको थियो । अम्बादत्त भट्टको अध्यक्षतामा बसेको सो बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सबै राष्ट्रसेवक कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

बिशेष