२१ शाखा अधिकृतको सरुवा {सूचीसहित}

गृह मन्त्रालयले २१ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले अतिरिक्त समूहका रहेका कर्मचारीहरुलाई सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिम्मेवारविहिन रहेका कर्मचारीहरुलाई तीन दिनभित्र जिम्मेवारी दिन परिपत्र गरेसँगै मन्त्रालयले शाखा अधिकृतहरुको सरुवा गरेको भए पनि दर्जनौं उपसचिव,सहसचिवहरुलाई अझैं जिम्मेवारी दिन सकेको छैन ।

बिज्ञापन

गृहले सार्वजनिक गरेको सरुवा सूची अनुसार,अर्जुनजंग शाहलाई कारागार व्यवस्थापन,मनोहर थापालाई जिल्ला प्रशासन कार्यालय,कपिलवस्तुको प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । यस्तै,बेनि बहादुर मोक्तानलाई कारागार कार्यालय लमजुङको जेलरको जिम्मेवारी दिइएको छ । दिपेश रिजाललाई पाँचथर जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ ।

बिज्ञापन

सरुवा सूची अनुसार,दिनेश के एमलाई कारागार व्यवस्थापन कार्यालय,राजबहादुर विष्टलाई जिप्रका बर्दियाको प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ,गृह प्रशासनले । भरतकुमार दासलाई जिप्रका पर्साको प्रशासकीय अधिकृत,दिनेश खनाल कारागार व्यवस्थापन कार्यालयमा खटाइएको छ । त्यहाँ तिर्थराज कटेल,काशीप्रसाद पंगेनी,गम्भीर सिंह विष्ट,मानबहादुर सारु र सरस्वती अधिकारी खनाललाई समेत सोही कार्यालयमा खटाइएको छ ।

यस्तै,श्यामबहादुर राउतलाई इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर,रौतहटमा पठाइएको छ । शितल बहादुर रावललाई जिप्रका बाजुरा पठाइएको छ । चन्द्रकान्त भण्डारीलाई गुल्मी जिल्लाको प्रशासकीय अधिकृत,सागर गौतमलाई झापा जिल्लाको प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
यस्तै सुजितकुमार कर्ण इलाका प्रशासन लाहान पुगेका छन । महेन्द्र सिंह रावल जिप्रका कञ्चनपुरको प्रशासकीय अधिकृतको जिम्मेवारी पाउँदा विष्णु सहनी इलाका प्रशासन वारा पठाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

म्यानपावरमा मन्त्रीको पिए आतंक

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

प्रधानमन्त्रीले प्रेम राईलाई ‘नत्र राम्रो हुँदैन’ भनेर थर्काएपछि समातिए राहदानी विभागका महानिर्देशक

बिशेष