डीजीको क्वाटर ४ वर्षदेखि सचिवको कब्जामा

कृषि विभागको महानिर्देशकको लागि बनेको भवन विगत ४ वर्षदेखि सचिवले कब्जा गरिरहेका छन्। आफू महानिर्देशक हुँदा प्रयोग गर्दै आएको उक्त भवन सचिव हुँदासम्म प्रयोग गर्दै आइरहेका हुन् ।

बिज्ञापन

किर्तिपुर बागबागी केन्द्रमा रहेका सिङ्गै घर सरकारी निवास लामो समयदेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुसेवा तर्फका सचिव डा रेवतीरमण पौडेलको पन्जाबाट छुटकारा मिलेको छैन । कृषि विभागमा महानिर्देशक हुँदा प्रयोग गरेको सरकारी क्वाटर केही समय महानिर्देशक हुँदा प्रयोग गरे । पछि उनी लुम्बिनी प्रदेशको मन्त्रालयमा सरुवा भएर गए पनि उनले क्वाटर छाडेनन् ।त्यसपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएर आएपछि त क्वाटर छाड्ने कुरै भएन । पछि उनी वन तथा वातावरण मन्त्रालयमा कामु सचिव भए । तर पनि उले कृषिको उक्त क्वाटर छाडेनन् । केही समयपछि उनी पूर्णरुपका सचिव भएर बन मन्त्रालयमै काम गरिरहँदा पनि कृषि मन्त्रालय मातहतको क्वाटरमा रजाइँ गरि नै रहे । बागवानी केन्द्रले उक्त भवन छाड्न पटक–पटक आग्रह गरेको भए पनि उनले सो सरकारी भवनलाई आफ्नो निजी जस्तै गरी कब्जा गरिरहेका छन् । वन मन्त्रालयको सचिवमा रुपमा रहँदा कृषिको क्वाटर कब्जा गरेको विषयमा पौडेलसँग जिज्ञासा राख्दा उनले केही दिनमै क्वाटर छाड्ने जानकारी दिएका थिए । तर क्वाटर मोहमा रहेका पौडेलले छाडेनन् ।

बिज्ञापन

उनी आगामी वैशाख २५ गते उमेर हदका कारण अवकाश हुँदै छन् त्यसपछि मात्र क्वाटर छाड्ने मनस्थितिमा पुगेका देखिन्छन् । महानिर्देशक पद छाडेको तीन वर्षभन्दा बढी समय भइसक्दा पनि महानिर्देशकका रुपमा पाएको सरकारी भवन व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेका पौडेल अहिले कृषि मन्त्रालयमा नै सचिव भएर आएपछि अरूले बोल्ने त आँट गर्दैनन् ।

उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भए पनि छानविन भने भएको देखिँदैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

कार्यविभाजन नियमावली अनुसार सचिवको दरबन्दी मिलान र पदस्थापन हुने

सम्पति बिवरण दाखिला गर्नु पर्ने कर्मचारीलाई कितावखानाको ‘डिजिटल डकुमेन्ट एक्सेस सेवा”

सरकारी साक्षीलाई अख्तियारले बनायो प्रतिवादी

मन्त्रिपरिषद् बैठकका सात निर्णय :ऐन,नियमावली संशोधनदेखि वैदेशिक अनुदान स्वीकारसम्म

सेवोन अध्यक्षका लागि चार जना सर्टलिष्टमा

संसदीय सुनुवाई,अनुमोदन,शपथदेखि पदभार एकै दिन

६ सहसचिव र दुई उपसचिवको सरुवा,कारागारका महानिर्देशक फेरिए

बिशेष