मानव बेचबिखन मुद्दाका आरोपी रसुवाका लोप्चन कारागार चलान

मानव बेचबिखन मुद्दामा संलग्न रहेको आरोप लागेका रसुवाको नौकुण्ड गाउँपालिका–६ निवासी उर्पा तामाङ उर्फ उर्पा लोप्चन कारागार चलान भएका छन्।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतको आदेशपछि उनलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
उर्पा लोप्चनलाई प्रहरीले यही जेठ ८ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ बाट पक्राउ गरेको थियो।

बिज्ञापन

मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार, अनुसन्धानपश्चात जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई जगन्नाथदेवल कारागार कार्यालयमा चलान गरिएको हो।

लोप्चनमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार मुद्दा दायर गरिएको बताइएको छ। थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१ उपसचिवसहित १० अधिकृतको सरुवा,९ पुगे निर्वाचन आयोग

चार कर्मचारी बर्खास्त,तीनलाई विभागीय कारवाही

इलाममा आज रातिदेखि सवारी आवागमन रोक

प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन

शिक्षा अधिकृतको ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिका झुण्डिइन्,पक्राउ परे रावल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

किन बढ्दैछ प्रहरीमा राजीनामा दिने ट्रेन्ड ? थपिए एसएसपी रानाभाट

एसएसपी प्रकाश रानाभाटले किन दिए राजीनामा ?

बिशेष