मानव बेचबिखन मुद्दामा संलग्न रहेको आरोप लागेका रसुवाको नौकुण्ड गाउँपालिका–६ निवासी उर्पा तामाङ उर्फ उर्पा लोप्चन कारागार चलान भएका छन्।
बिज्ञापन
काठमाडौं जिल्ला अदालतको आदेशपछि उनलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
उर्पा लोप्चनलाई प्रहरीले यही जेठ ८ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ बाट पक्राउ गरेको थियो।
बिज्ञापन
मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार, अनुसन्धानपश्चात जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई जगन्नाथदेवल कारागार कार्यालयमा चलान गरिएको हो।
लोप्चनमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार मुद्दा दायर गरिएको बताइएको छ। थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।