बराल र मिश्र सचिवमा बढुवा

सरकारले दुई बरिष्ठ सहसचिवलाई सहसचिव बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासनतिर रिक्त रहेको सचिव पदमा भुपाल बराल, प्राविधिकतर्फ बरिष्ठ सहसचिव दिनानाथ मिश्र सचिवमा बढुवा गरेको छ ।

बिज्ञापन

बढुवा सिफासि समितिले पहिलो नम्बरमा नाम सिफारिस गरेका बराललाई सरकारले सचिवमा उकालेको हो । बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिवत्रय भुपाल बराल, डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीको नाम सिफारिस गरेको थियो । यसरी बढुवा सिफारिस भएकामध्ये बराल वन तथा वातावरण मन्त्रालयमा, घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सुवेदी लोक सेवा आयोगमा कार्यरत छन् ।

बिज्ञापन

बराल अर्थको क्याडर हुन । अर्थमन्त्रालयको बजेट महाशाखा, राजस्व व्यवस्थापन महाशाखा, नीति विश्लेषण महाशाखालगायत महत्वपूर्ण महाशाखामा बसेर काम गरेका उनी यस अघि आन्तरिक राजश्व विभागका महानिर्देशक समेत चलाइसकेको अनुभव छ,उनीसँग । पछिल्लो समय उनी अर्थबाट आउट हुँदै बनमा पुगेका थिए । २ वर्षयता वातावरण मन्त्रालयमा कार्यरत थिए बराल ।

यस्तै प्राविधिकतर्फ बरिष्ठताका आधारमा पहिलो नम्बरमा सिफारिस भएका सहसचिव दिनानाथ मिश्र सचिवमा बढुवा भएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधु भेटवालले अवकाश पाएपछि बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिवहरू दिनानाथ मिश्र, चिरञ्जीवी चटौत र जगदीश्वर कर्माचार्यको नाम सिफारिस गरेको थियो ।जसमध्ये मन्त्रिपरिषद्ले मिश्रलाई बढुवा गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष