गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख जरिबाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले आइतबार १३ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।
अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–३२ मा रहेको गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको हो । उक्त उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ ।
यस्तै विभागले काठमाडौं महानगरपाकिा–२४ इन्द्रचोकमा रहेको हिमालयन पोतेलाई १० हजार रुपैयाँ तिराएको छ । उक्त पोते पसलले खरिद बिलबिजक नराखेको पाइएपछि जरिबाना तिराइएको विभागको भनाइ छ ।यस्तै विभागको अनुगमन टोलीले ३ उद्योग तथा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात सहित विभागमा उपस्थित हुन र ८ वटा उद्योगलाई सामान्य निर्देशन दिएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष