गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख जरिबाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले आइतबार १३ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।
अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–३२ मा रहेको गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको हो । उक्त उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ ।
यस्तै विभागले काठमाडौं महानगरपाकिा–२४ इन्द्रचोकमा रहेको हिमालयन पोतेलाई १० हजार रुपैयाँ तिराएको छ । उक्त पोते पसलले खरिद बिलबिजक नराखेको पाइएपछि जरिबाना तिराइएको विभागको भनाइ छ ।यस्तै विभागको अनुगमन टोलीले ३ उद्योग तथा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात सहित विभागमा उपस्थित हुन र ८ वटा उद्योगलाई सामान्य निर्देशन दिएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री रावलले शक्तिशाली कर्मचारी छुन सकेनन्

सामान्य प्रशासनको भूमिका निर्देशन दिने कि सहजीकरण गर्ने ?

सातै प्रदेश सरकारले ल्याउँदैछन् बजेट

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

बिशेष